कास्की– २ बाट विद्या भट्टराई विजयी

पोखरा : कास्की निर्वाचन क्षेत्र नम्बर २ मा शनिबार भएको निर्वाचनमा सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीकी उम्मेदवार विद्या भट्टराई विजयी भएकी छन् । नेपाली कांग्रेसका उमेदवार खेमराज पौडेलभन्दा ८ हजार ४ सय ३ मतान्तरले नेकपा उम्मेदवार भट्टराई विजयी भएकी हुन् । उनले २४ हजार ३ सय ९५ मत ल्याएकी छन् भने कांग्रेस उमेदवार पौडेलले १५ हजार ९ सय ९१ मत ल्याएका छन् ।

कांग्रेस उम्मेदवार पौडेलले मतदातालाई धन्यवाद दिनुका साथै विद्यालाई खादा लगाएर बधाई तथा आगामी कार्यकालको शुभकामनासमेत व्यक्त गरेका छन् ।  तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकोप्टर दुर्घटनामा निधन भएपछि कास्की- २ बाट प्रतिनिधि सभाको एक सिट रिक्त भएको थियो । भट्टराई रविन्द्र पत्नी हुन् ।


प्रकाशित | १५ मंसिर २०७६, आईतवार २०:२१