नारायणी अस्पतालमा उपचाररत ७० जना कोरोना सङ्क्रमितहरू कोरोनामुक्त भई डिस्चार्ज

वीरगञ्ज : वीरगञ्जस्थित नारायणी अस्पतालमा उपचाररत सबै कोरोना संक्रमीत डिस्चार्ज भएका छन् । अस्पतालमा रहेका ७० जना संक्रमीत कोरोनामुक्त भई सोमबार डिस्चार्ज भएका हुन । अहिले अस्पताल सङ्क्रमितविहीन बनेको छ ।

अस्पतालमा तीन दिनमा ७० जना कोरोना सङ्क्रमितहरू कोरोनामुक्त भई डिस्चार्ज भएका हुन । नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट मदन उपाध्यायका अनुसार सोमबार पर्साका दुई जना पत्रकारसहित पर्साका ४२ जना र एक जना सर्लाहीका सङ्क्रमित गरी ४३ जना कोरोना सङ्क्रमितलाई सोमबार साँझ डिस्चार्ज गरी घर पठाइएको हो ।

सबै सङ्क्रमितको पछिल्लो दुई रिपोर्ट नेगेटिभ आएपछि ४३ जना सङ्क्रमितलाई सोमबार डिस्चार्ज गरिएको उपाध्यायले बताउनुभयो । आइतबार राति ११ बजे एकै परिवारका १८ जना सङ्क्रमित कोरोनामुक्त भई डिस्चार्ज गरिएको थियो भने शनिबार नौ जना कोरोनामुक्त भई डिस्चार्ज भएका थिए । सबै सङ्क्रमित डिस्चार्ज भएपछि अस्पतालको आइसोलेसन वार्ड खाली भएको छ ।


प्रकाशित | १२ जेष्ठ २०७७, सोमबार २०:४१