एनआरएनए कतारद्धारा ५५ जना नेपाली श्रमिकलाई स्वदेश फिर्तीका लागि हवाई टिकट सहयोग

दोहा – गैर आवासीय नेपाली संघ राष्ट्रीय समन्वय परिषद कतारले हवाई टिकटको ब्यवस्थापन गर्न नसकेका तर तुरन्त घर फर्किनु पर्ने समस्यामा भएका ५ जना नेपाली श्रमिकहरुलाई स्वदेश फिर्तीका लागि हवाई टिकट सहयोग गरेको छ ।

स्वदेश फिर्तिका लागि आर्थिक सहयोग तथा उद्दार समिती २०२० का संयोजक तथा एनआरएनए कतारका अध्यक्ष मोहमद मुक्तदा मुसलमानले पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने सूचना अनुसार छैठौ चरणमा ५ जनालाई हवाई टिक सहयोग गरिएको जानकारी गराउनुभयो ।

‘कोरोना भाईरस कोभिड १९ को कारणले रोजगारी गुमाएर नेपाल फर्कन हवाईभाडा जुटाउन नसक्ने अवस्थामा रहेका नेपाली श्रमिकहरुका लागि नेपाली दूतावासको संरक्षकत्व र सहयोगमा गैर आवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद कतार र नेपाली ब्यावसायी संघ कतार द्वारा पहिलो चरणमा ५५ जनाका लागि हवाई टिकट उपलब्ध गराउने सम्बन्धी जारी गरिएको सार्बजनिक सुचना अनुसार छैटौं चरणमा २५ डिसेम्बर २०२० का दिन अर्बिन्द कुमार बिराजि (धनुषा २७ डिसेम्बर २०२० का दिन अब्दुल करिम शेख (कपिलवस्तु , अब्दुल रहिम शेख( कपिलवस्तु , अख्तर हुसेन मुसलमान( रुपेन्देही र मुहमद सबिर( रुपेन्देही लाई हवाई टिकट उपलब्ध गराई नेपाल पठाईएको सबैमा जानकारी गराउदै हाल सम्म यो समितिले कुल ५५ जना नेपाली श्रमिकहरुलाई हवाई टिकट उपलब्ध गराई स्वदेशफिर्ती गरिएको जानकारी पनि गराउँदछु’, अध्यक्ष मुसलमानले जारी गर्नुभएको बिज्ञप्तिमा भनीएको छ ।


प्रकाशित | १४ पुष २०७७, मंगलवार २०:०४