सिन्धुपाल्चोकमा बाढी पहिरो वितण्डाः ७ जनाको मृत्यु, उद्धार कार्य जारी

काठमाडौँ । सिन्धुपाल्चोकमा बाढी र पहिरोमा परी सात जनाको मृत्यु भएको छ । मंगलबार साँझ आएको बाढी र पहिरोका कारण हालसम्म सात जनाको मृत्यु भएको जानकारी प्राप्त भएको छ । बाढी र पहिरोमा बेपत्ता भएकाहरूको खोजी जारी छ ।

बेपत्ता हुनेहरुको विवरण फरक÷फरक आइरहेका छन् । मंगलबार साँझ मेलम्ची र हेलम्बुमा आएको बाढी–पहिरोले व्यापक क्षति पुर्याएको छ । हेलम्बुमा तीनवटा र मेलम्चीमा एउटा गरी चारवटा पुल बगेका छन् । सडकहरु पनि भत्किएकाले यातायात सम्पर्क विच्छेद भएको छ ।


प्रकाशित | २ असार २०७८, बुधबार ०९:१५