युक्रेनसँगको शान्ति वार्ताको बाटो बन्द भएको पुटिनको टिप्पणी

काठमाडौं– युक्रेनमा आफ्ना सबै लक्ष्य पूरा गरिछाड्ने रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले जनाउनुभएको छ ।

राजधानी मस्कोबाट ५ हजार ५ सय किलोमिटर पूर्वमा रहेको भोस्तोच्नी कोस्मोड्रोम नामक अन्तरिक्ष केन्द्रमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै पुटिनले युक्रेनमा रुसले सबै उद्देश्य पूरा गरिछाड्ने अडान व्यक्त गर्नुभएको हो ।

आफ्ना सैनिक युक्रेनी राजधानी किभ आसपासका क्षेत्रबाट पछि हटेयता पहिलो पटक युद्धबारे पुटिनको यस्तो टिप्पणी आएको हो । त्यस्तै, उहाँले युक्रेनसँगको शान्ति वार्ताको बाटो बन्द भएको टिप्पणी गर्नुभएको छ ।


प्रकाशित | ३० चैत्र २०७८, बुधबार १६:२१