मालिंगालाई अष्ट्रेलियाको ‘पिआर’

एजेन्सी:  श्रीलंकाका स्टार बलर लासिथ मालिंगाले अष्ट्रेलियाको पर्मनेन्ट रेसिडेन्ट ९पिआर० प्राप्त गरेका छन् । मालिंगाले पिआरको लागि दिएको निवेदन अष्ट्रेलियन सरकारले स्वीकृत गरेको छ । अष्ट्रेलियाको पिआर पाएसँगै मालिंगाले सन्यासपछि परिवारसहित अष्ट्रेलियामा बिताउने छन् ।

सन्यासपछि मालिंगाले अष्ट्रेलियामा प्रशिक्षकको भूमिका निर्वाह गर्ने बताईएको छ । हालसम्म थुप्रै श्रीलंकाका क्रिकेटरहरु सन्यास पछि अन्य देशमा बस्दै आएका छन् । मालिंगा अहिले अष्ट्रेलिया मै रहेका छन् । मालिंगाले श्रीलंका क्रिकेट टिम छनोटका प्रमुखलाई एकदिवसीय सिरिजका लागि जुलाई २२ मा श्रीलंका आउने जानकारी गराएको अन्तराष्ट्रिय समाचार सस्थाहरुले जनाएको छ । श्रीलंकाले घरेलु मैदानमा बंगलादेशसँग जुलाई २६ देखि एकदिवसीय सिरिज खेल्नेछ । ३५ वर्षे मालिंगाले उक्त सिरिजपछि सन्यास लिने छन् ।


प्रकाशित | ५ श्रावण २०७६, आईतवार १०:०८