रेल चलेपछि भारतबाट सङ्क्रमितसहित सप्तरीमा नौ सय नेपाली भित्रिए

 धीरेन्द्रप्रसाद साह / राजविराज

सप्तरीको विभिन्न सीमा नाका भएर भारतबाट नौ सय नेपाली नेपाल प्रवेश गरेका छन३ । तीमध्ये बिहीबार मात्रै सात महिला र १०९ पुरुष गरी ११६ जना नेपाली प्रवेश गरेका हुन् ।

भारतमा लकडाउन खुकुलो भएर रेल सञ्चालन भएयता ७२ महिला र ८२६ गरी ८९८ जना जिल्लाको सीमा नाकाहरु प्रयोग गरी नेपाल प्रवेश गरेको स्वास्थ्य कार्यालय सप्तरीका निमित प्रमुख दुनियालाल यादवले जानकारी दिनुभयो ।

भारतको संक्रमित सहित विभिन्न स्थानबाट नेपालीहरु ठूलो संख्यामा फर्किन थालिएकाले उनीहरुलाई विभिन्न क्वारेन्टाइनमा राखिएको उहाँले बताउनुभयो । उनीहरुलाई सीमा नाकामै रोकेर सम्बद्ध स्थानीय तहको क्वारेन्टाइनमा राखेको छ । जिल्लाका १८ स्थानीय तहहरुका ३७ वटा क्वारेन्टाइनमा एक हजार ९० बेड सञ्चालनमा रहेको छ ।

तर, लुकिछिपी आएर घरमा बसेका पनि केही मानिसहरु हुन सकिने उहाँले अनुमान गर्दै यस्तो मानिसहरुले गर्दा कोरोना संक्रमणको उच्च जोखिम पनि बढेको छ । लुकिछिपि आएर बसेकाहरुको स्थानीय तहहरुबाट सक्रियतासाथ निगरानी बढाइएको उहाँले बताउनुभयो ।

भारत सरकारले लकडाउनको तेस्रो चरणमा रेलमार्ग सञ्चालनमा ल्याएपछि भारतको संक्रमित मुम्बइ, उत्तर प्रदेश, दिल्ली, बैगलुरुलगायतका स्थानहरुबाट नेपाली विद्यार्थी, मजदुर, पेशा व्यवसायी लगायतका मानिसहरु प्रवेश गरेको बताइएको छ ।

जिल्लाको कोसी ब्यारेज, गोबरगाढा, हनुमाननगर, रम्पुरामल्हनिया, कुनौली, तिलाठी, लालापट्टि, गोबिन्दपुर, सखडा, बनैनिया, औरही, पातो, तरही, देउरी सिम्रहा, बोदेबर्साइन, रामनगर कोदरकट्टी, बेल्ही लगायतको सीमानाकाबाट नेपाली भित्रिने गरेका छन् । गोरखापत्र अनलाईनको सहयोगमा

[contact-form][contact-field label=”Name” type=”name” required=”true” /][contact-field label=”Email” type=”email” required=”true” /][contact-field label=”Website” type=”url” /][contact-field label=”Message” type=”textarea” /][/contact-form]


प्रकाशित | ८ जेष्ठ २०७७, बिहीबार १७:४६