ओखलढुंगामा बस दुर्घटना: चालकसहित ३ जनाको मृत्यु, १४ जना घाइते

सोलुखुम्बु : ओखलढुंगाको मानेभन्ज्याङ स्थित डडुवामा बस दुर्घटना हुँदा चालकसहित तीन जनाको ङटनास्थलमै मृत्यू भएको छ। काँकरभिट्टाबाट सोलुखुम्बुका लागि छुटेको बस डडुवामा दुर्घटनामा परेको हो । बिहान करिब ४ बजे मे १ ख १८९१ नम्बरको बस दुर्घटनामा अन्य १४ जना घाइते भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार मृत्यू हुनेमा बसका चालक झापा घर भएका कृष्ण बहादुर बस्नेत, सोलुदुधकुण्ड नगरपालिका ५ की माया थापा र सिन्धुली कमलामाईका लाल बहादुर धाँमी रहेका छन्। घाइते ३ जनालाई उपचारका लागि काठमाण्डौ पठाइएको छ । बस सडकबाट करिब २० मिटर तल खसेको छ ।


प्रकाशित | २५ असार २०७६, बुधबार ०८:३७