उपत्यकामा फेरि भूकम्पको धक्का : तेस्रो पटक गयो नौबिसे केन्द्रबिन्दु भएर परकम्प

काठमाण्डौ :  धादिङको नौबिसे केन्द्रबिन्दु भएर बुधबार तेस्रो परकम्प गएको छ । बुधबार अपराह्न ३ बजेर ५ मिनेट जाँदा धादिङको नौबिसे केन्द्रबिन्दु भएर ३ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जनाएको छ । यसअिघ बुधबार बिहान ६ बजेर २९ मिनेटमा ५ दशमलव २ रेक्टर स्केलको र ६ बजेर ४० मिनेटमा ४ दशमलव ३ रेक्टर स्केलको गरी ११ मिनेटभित्र दुईवटा परकम्प गएको थियो ।


प्रकाशित | ११ बैशाख २०७६, बुधबार १५:४८