दिवेश पोखरेल अमेरिकन आईडलको उत्कृष्ट पाँचमा पर्न सफल, आजै आइडल विजेताको घोषणा

न्यूयोर्क : नेपालका दिवेश पोखरेल अमेरिकाको चर्चित गायन प्रतियोगिता अमेरिकन आईडलको उत्कृष्ट पाँचमा पर्न सफल हुनुभएको छ । उहाँ अब अमेरिकी अइडलको दावेदार बन्नु भएको छ । अमेरिकन अइडलको विजेता आजै घोषणा हुने छ ।

अमेरिकाको कन्सास राज्यको विचिटा शहरमा बस्दै आउनुभएका २२ वर्षीय दिवेशले अमेरिकन आइडलमा आर्थन गनको नामले प्रतिस्पर्धा गर्नुभएको हो ।

अजको भोटिंग रियल टाइम भोटिंग हो । भोटिङ सुरु भइसकेको छ भने अबको झण्डै एकघण्टामात्र भोटिङ गर्न पाइनेछ । त्यसपछि आजै अमेरिकन आइडलको घोषणा गरिनेछ ।

भोटिङ टेक्स्ट मेसेज, वेवसाइट र अमेरिकन आइडलको एप्लीकेशनबाट गर्न सकिनेछ भने एकजनाले ३० पटकसम्म भोट गर्न सकिन्छ । दिवेशको प्रतियोगी नम्बर १६ टाइप गरेर २१५२३ मा टेक्स्ट मेसेज गर्न सकिनेछ । यसरी १० पटकसम्म मेसेज पठाएर भोट गर्न सकिनेछ ।

त्यस्तै अमेरिकन आइडलको एप्लीकेशन डाउनलोड गरेर एकाउन्ट साइनअप गरेर १० पटकसम्म भोट दिन सकिन्छ । एपमार्फत भोट दिनका लागि तपाईले इमेलमार्फत साइनअप गर्नुपर्छ ।


प्रकाशित | ५ जेष्ठ २०७७, सोमबार ०७:२८