‘आमा तिम्रो छातिको पाटो, छिमेकीले बनायो मूल बाटो’ बोलको गीत सार्वजनीक

काठमाडौं : वरिष्ठ लोक गायक नारायण रायमाझीले गायिका शान्तिश्री परियारको सहकार्यमा ‘आमा तिम्रो छातिको पाटो, छिमेकीले बनायो मूल बाटो’…बोलको गीत सार्वजनीक गर्नुभएको छ ।

रिमा इन्टरटेन्मेन्ट नेपालको यूट्युव च्यानलबाट सार्वजनिक भएको गितमा रमेश विजीको शब्द रहेको छ । लिपुलेक कालापानी सुस्ता मेरै थियो, भन्थे बरै पुर्खाले अझ धेरै थियो’ गितमा विसाल नेपालको परिकल्पना गरिएको छ । नारायण रायमाझीको आफ्नै संगित रहेको उक्त गितमा विवि अनुरागीले संगित संयोजन गर्नुभएको छ ।


प्रकाशित | ३ जेष्ठ २०७७, शनिबार ०९:२७