मृत्युपछि पिसिआर परिक्षण नगर्न स्वास्थ्य मन्त्रालयको निर्देशन

काठमाडौं: सरकारले मृत्यु भइसकेकामा अब कोरोना संक्रमण भए नभएको परीक्षण नगर्ने भएको छ । यसअघि धेरै जनामा मृत्युपछि कोरोना संक्रमण पुष्टि भएकोमा सरकारले अहिले नयाँ व्यवस्था गरेको हो ।

स्वास्थ्य मन्त्रालयका प्रवक्ता जागेश्वर गौतमले शकास्पद व्यक्तिको मृत्यु भएमा शवबाट नमुना निकाली पिसिआर परीक्षण गर्न नपर्ने बताउनुभएको हो । शंकास्पद मृतकको मलामी गएकाहरु अनिवार्य रुपमा १४ दिन क्वारन्टिनमा बस्नुपर्ने व्यवस्था गरिएको छ ।

उहाँले भन्नुभयो, ‘शंकास्पद व्यक्तिको मृत्यु भएमा सबै सुरक्षाको सबै उपाय अपनाएर शव व्यवस्थापन गर्ने र सो कार्यका सलग्न सबै व्यक्ति अनिवार्य रुपमा आइसोलेसनमा बस्नपर्छ।’


प्रकाशित | ३१ भाद्र २०७७, बुधबार १८:४३