कांग्रेसले पुस १३ गते देशव्यापी विरोध कार्यक्रम गर्ने

काठमाडौ – नेपाल कांग्रेसले संसद् विघटन असंवैधानिक भएको भन्दै देशव्यापी विरोध कार्यक्रम गर्ने घोषणा गरेको छ । महामन्त्री पूर्णबहादुर खड्काले यही पुस १३ गते देशका एक सय ६५ वटै संघीय निर्वाचन क्षेत्रमा विरोध कार्यक्रम गर्ने जानकारी दिनुभयो ।

संसद विघटनको विरोधमा नेकपाको प्रचण्ड -माधव समूहले पुष १४ गते विरोध कार्यक्रम घोषणा गरिसकेको छ ।


प्रकाशित | ९ पुष २०७७, बिहीबार १६:४९