हङकङ र जापानको भिसा भएकालाई प्रक्रिया पूरा गरि जान दिने निर्णय

काठमाडौं : कोभिड—१९ रोकथाम तथा नियन्त्रण उच्चस्तरिय समन्वय समितिले जापान र हङकङबाट छुट्टीमा नेपाल आएकालाई जान अनुमति दिने निर्णय गरेको छ। शुक्रबार बसेको उच्चस्तरीय समन्वय समितिको अनौपचारिक बैठकले त्यहाँको भिसा भएकाहरूलाई जानको लागि अनुमति दिने निर्णय गरेको हो।

उच्चस्तरीय समन्वय समितिका प्रवक्ता नारायणप्रसाद विडारीले जापान र हङकङमा स्थायी बसोबास भएकाहरू घुम्नका लागि नेपाल आएका, छुट्टीमा आएकाहरूलाई जान दिइने निर्णय भएको जानकारी गराउनुभयो । ‘ तर उनीहरू आफ्नै खर्चमा जानुपर्छ। सरकारले जान अनुमतिमात्र दिएको हो’,उहाँले भन्नुभयो । आइडी प्राप्त नागरिकलाई स्वास्थ्य परीक्षण, अध्यागमन प्रकृया पुरा गरी पठाउने


प्रकाशित | २ जेष्ठ २०७७, शुक्रबार १६:११