जर्मनीमा गैर आवासीय नेपालीले गरे भारतले जारी गरेको नयाँ नक्सा विरुद्ध प्रदर्शन

जर्मनी : गैर आवासीय नेपाली संघले जर्मनीमा भारतीय सिमा अतिक्रमणविरुद्ध प्रदर्शन गरेको छ । एनआरएनए जर्मनीको आयोजनामा जर्मनीमा प्रदर्शन भएको हो । प्रदर्शनमा एनआरएनए आइसिसी अध्यक्ष कुमार पन्त पनि सहभागि हुनुभयो । नेपाली भूमि कालापानी, लिपुलेक र लिम्पियाधुरामा भारतले नयाँ नक्सा जारी गर्दै आफनो क्षेत्रमा राखेपछि  देश तथा विदेशमा त्यसको विरोधमा प्रदर्शन भइरहेको छ ।

अध्यक्ष पन्तले भारतीय अतिक्रमणविरूद्ध विदेशमा रहेका नेपाली आन्दोलित भएको भन्दै त्यसै कार्यक्रम अनुसार आज जर्मनीको फ्र्यांकफर्टमा गैरआवासीय नेपाली संघ लगायत विभिन्न नेपाली संघसंगठनले एकसाथ प्रदर्शन गरेको बताउनुभयो । यसअघि एनआरएनए आइसिसीले सबै एनसिसीलाई भारतीय अतिक्रमण विरुद्ध प्रर्दशन, विरोध गर्न र सम्बन्धीत देशमा रहेको भारतीय राजदूतावासमार्फत ज्ञापन पत्र बुझाउन निर्देशन समेत दिएको थियो ।


प्रकाशित | ३ मंसिर २०७६, मंगलवार १५:५४