सुनको भाउ तोलाको एक लाख ४ सय रुपैयाँमा कारोबार

काठमाण्डौ – सुनको भाउ आज तोलामा २ हजार २ सय रुपैयाँले बढेको छ । आज तोलाको एक लाख ४ सय रुपैयाँमा कारोबार भएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार हिजो तोलामा दुई सय रुपैयाँ घटेर सुन तोलाको ९८ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदी तोलामा ६५ रुपैयाँ बढेर तोलाको १ हजार ३ सय ८० रुपैयाँ पुगेको छ । हिजो चाँदी तोलाको एक हजार ३ सय १५ रुपैयाँ थियो ।


प्रकाशित | २ भाद्र २०७७, मंगलवार ११:१४