ललितपुर महानगरमा अत्यावश्यकबाहेकका सबै सेवा बन्द

काठमाडौं – ललितपुर महानगरपालिकामा अत्यावश्यकबाहेका सबै सेवा बन्द गरिएको छ । कर्मचारीमा पनि कोरोना भाइरसको संक्रमण बढेपछि महानगरले सोमबारदेखि अत्यावश्यकबाहेक सबै सेवा बन्द गरेको हो ।

महानगरले एक सूचना प्रकाशित गर्दै संक्रमित महानगरका कर्मचारी उपचार एवं होम आइसोलेसनमा रहेकाले अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्नुपरेको जनाएको हो ।

अत्यावश्यकबाहेका सेवा आगामी शुक्रबारसम्मका लागि बन्द गरिएको हो । अत्यावश्यक सेवाअन्तर्गत स्वास्थ्य सेवा, दमकल, शववाहन, एम्बुलेन्स, सरसफाई र नगर प्रहरी भने सञ्चालनमा रहने जनाइएको छ ।


प्रकाशित | १० माघ २०७८, सोमबार ११:४७