‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’ भन्दै विवेकशील साझाको प्रदर्शन

काठमाण्डौ : विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास अगाडि प्रदर्शन गरेको छ । उसले ‘बालुवाटार बेच्नेले सिंहदरबार पनि बेच्लान, होसियार’, ‘चर्को स्वरमा बोलौं, भ्रष्टाचारको पोल खोलौं’, ‘नेताहरुको सम्पत्ति छानबिन गर’, ‘ठूलो माछा कता छ ? सिंहदरबार जता छ’ । लेखिएको प्ले कार्डहरु प्रर्दशन गरेका हुन ।

प्रधानमन्त्री निवासनजिकैको जग्गा बिक्रीको विरोधमा विवेकशील साझा पार्टीले सोमबार प्रर्दशन गरेको हो । रवीन्द्र मिश्र नेतृत्वको विवेकशील साझा पार्टीले प्रधानमन्त्री निवास अगाडि विरोध प्रदर्शन गरेको हो । प्रधानमन्त्री निवास नजिकैको जग्गासमेत व्यक्तिको नाममा बिक्री गरिएको विरोधमा साझा पार्टीले सोमबार बिहान १ घण्टा प्रधानमन्त्री निवास बालुवाटार अगाडि प्रर्दशन गरेको पार्टीका प्रवक्ता सूर्यराज आचार्यले जानकारी दिनुभयो ।


प्रकाशित | २ बैशाख २०७६, सोमबार १३:१३