एनआरएनए फ्रान्सको बार्षिक साधारण सभा सम्पन्न,संसोधित विधान सर्वसम्मतीले पारित

पेरिस । गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सले बार्षिक साधारण सभा सम्पन्न गरेको छ। कार्यक्रममा प्रमुख अतिथिको रुपमा फ्रान्सका लागि नेपाली महामहिम राजदूत दिपक अधिकारीको उपस्तिथी रहेको थियो ।

कार्यक्रममा अतिथिको रुपमा युरोप क्षेत्रीय संयोजक नारायण आचार्य र गैर आवासीय नेपाली संघ बेलायतका आइसिसि सदस्य रामशरण सिम्खडाको उपस्थिति रहेको थियो।

त्यसैगरी राष्ट्रिय समन्वय परिषद फ्रान्सका संस्थापकहरु,पुर्व अध्यक्षहरु लगायत संरक्षक परिषद , सल्लाहकार समितिका सदस्यहरु र फ्रान्समा सक्रिय रहेको सामाजिक संघ संस्थाहरुको अध्यक्ष र प्रतिनिधिहरुको साथै पञ्जिकृत सदस्यहरुको उपस्थिति रहेको थियो ।

संसोधित विधान मस्यौदामा समयको माग र आवश्यकता अनुसार अध्यावधीक गरी समय सापेक्ष सुधार गरेर विधानलाई संसोधन गरिएको छ।

कार्यक्रमको अध्यक्षता संस्थाका अध्यक्ष नरेन्द्र शाही (ठकुरी ) ले गर्नु भएको थियो भने कार्यक्रम सञ्चालन संघका महासचिव मिन श्रेष्ठले गर्नु भएको थियो ।

कोभिड १९ को कारणले गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद फ्रान्सको बार्षिक कार्यक्रमको तालिकामा तोकिएको अनुसार नियमित मितिमा सम्पन्न गर्न नसकिएकोले यस कार्यक्रमलाई सार्नु परेको थियो।

यस कार्यक्रममा महासचिव मिन श्रेष्ठले संस्थाको नैतिक र बार्षिक प्रगति प्रतिवेदन पेश गर्नु भएको थियो भने संस्थाका कोषाध्यक्ष लाल बहादुर सोडारीले आर्थिक प्रतिवेदन प्रस्तुत गर्नु भएको थियो ।

यसै गरि विधान मस्यौदा समितीका संयोजक तथा निवर्तमान अध्यक्ष एक बहादुर मल्लले अत्यन्तै चाँसो र महत्वपूर्ण विषयको रुपमा रहेको विधान मस्यौदा कार्यक्रममा पेश गरेर सर्वसम्मतीबाट पारित गरिएको थियो। संसोधित विधान मस्यौदामा समयको माग र आवश्यकता अनुसार अध्यावधीक गरी परिमार्जित गरी र समय सापेक्ष सुधार गरेर विधानलाई संसोधन गरिएको छ।

कार्यक्रम असाध्यै सभ्य र भव्य रुपमा सम्पन्न भएको थियो ।कार्यक्रममा उपस्थित वक्ताहरुले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नु भएको थियो।

आर्थिक प्रतिवेदन माथि गरिएका जिज्ञासाहरुलाई कोषाध्यक्ष लाल बहादुर सोडारीले व्याख्या गर्दै जवाफ दिने काम गर्नु भयो।
त्यसैगरि विधानसंग सम्बन्धित प्रश्नहरुको जवाफ विधान मस्यौदा समितीका संयोजक तथा निवर्तमान अध्यक्ष एक बहादुर मल्लले प्रष्ट पार्नु भयो । यसरी समग्रमा प्रस्तुत प्रतिवेदनहरु उपस्थित पञ्जिकृत सदस्यहरुको पुर्ण समर्थनमा सौहाद्रपुर्ण बाताबरणमा पारित भएका थिए ।

अन्तमा संस्थाका अध्यक्ष नरेन्द्र शाही (ठकुरी) ले आफ्नो अमूल्य समय दिएर आफ्ना राय सल्लाह, सुझाव र प्रश्नहरु प्रकट गरेर कार्यक्रमलाई सभ्य र भव्य रुपमा सफल बनाइदिनु भएकोमा सम्पूर्ण पञ्जिकृत सदस्यहरु लगायत उपस्थित सबै महानुभावहरुमा धन्यवाद तथा आभार व्यक्त गर्नु हुदै कार्यक्रम समापन भएको थियो।


प्रकाशित | १८ बैशाख २०७८, शनिबार १६:३३