अस्ट्रेलियाको मेलबोर्नमा नेपालीहरुद्वारा संचालित रोमन एजुकेसन अपग्रेड सहित संचालनमा

 मेलबोर्न :   अस्ट्रेलियाको मेलबोर्नमा   Father’s Day को शुभ अवसर पारेर नेपालीहरुद्वारा संचालित 213 Lonsdale Street, Melbourne मा अबस्थित शैक्षिक संस्था Roman Education Centre को उद्घाटन समारोह सम्पन्न भएको छ ।

मेलबोर्नमा अबस्थित बिभिन्न नेपाली संघ संस्थाका प्रतिनिधिहरु, बिदेशी अतिथिहरु लगायत त्यहा अध्ययनरत बिधार्थीहरुको बाक्लो उपस्थिति रहेको समारोहमा नेपालबाट भिजिट भिसामा आउनु भएका साधुराम पाठक र  सीता पाठकबाट गीता र चण्डीपाठ गर्दै पुजा गरेर उद्घाटन गर्नु भएको थियो ।


मेलबोर्नमा सन् २०१३ मा एउटा सानो कोठाबाट ट्युसन सेन्टरको रुपमा सुरुवात गरेको संस्था Roman PTE लाई बिधार्थीहरुको माग र चाप बढ्दै गएपछी सन् २०१७ मा ब्यबस्थित गर्दै Footscray मा संचालनमा ल्याएको थियो ।

यस शैक्षिक संस्थाबाट अहिले सम्म face to face पांच हजार तथा online मार्फत तीन हजार सहित लगभग आठ हजार बिधार्थीहरु लाभान्बित भैसकेका छन् ।

मुख्यत यो संस्था PTE Academic Test दिने विधार्थीहरुका लागि निक्कै नै चर्चित रहेको छ । अधिकांश बिधार्थीहरु यस संस्थाबाट आफुहरुले खोजेको र सोचेको जस्तै सेवा पाएको साथै सेन्टरको ब्यबस्थापन पक्षबाट हौसला र साथ् पनि राम्रो सङ्ग पाएको बताएका छन् ।

Roman Education ले आफ्नो संचालन सुरु गरे सङ्गै अन्य बिभिद विधामा पनि सेवा थप गरेको छ । उक्त शैक्षिक संस्था मार्फत PTE Academic Test Preparation , NAATI CCL Test Preparation , Education Services , Migration Services , IT Solutions , Accounting & Finance Solution को सेवा सुरुवात गरेको छ र निकट भबिस्यमै Registered Training Organisation को रुपमा CRICOS संचालनमा ल्याउनका लागि प्रक्रिया अघि बढिसकेको बताउनु हुदै संस्थाका संचालक डा रोमन पाठक ज्युले अब बिधार्थीहरु लगायत अन्य सेवा ग्राहीहरुले यसै संस्थाबाट यी बिभिन्न सुबिधाहरु पाउने बताउनुभयो ।

Roman Education ले Roman PTE Footscray बाट सेवा सुबिधा दिदा आर्जेको आफ्नो संस्थाको नाम र कामलाई अझै ब्यबस्थित बनाएर अघि बढाउने र मेलबोर्नमा आफ्नो पहिचानलाई शैक्षिक सेवा मार्फत अझ ब्यापक बनाउने आफ्नो योजना रहेको बताउनु भयो ।

संस्थाले आफ्नो शैक्षिक गतिबिधि सङ्गै सामाजिक कार्यमा पनि उत्तिकै महत्वपूर्ण भूमिका निर्बाह गर्दै आएको र मेलबोर्नमा सक्रिय Royal Western Club लगाएत बिभिन्न संघ संस्थाहरु सङ्ग हातेमालो गर्दै सक्दो सहयोग गर्दै आएको Roman Education आगामी दिनमा पनि आफ्नो सामाजिक कार्यलाई बढावा दिदै अघि बढ्ने छ भन्दै संस्थाका संचलाक डा रोमन पाठक ज्युले बताउनु भयो । Royal Western Club का सचिब दिपेन्द्र खड्का ज्युले बिगतका दिनमा यस संस्थाको सेवालाई नजिकबाट अबलोकन गर्दै आएको र सबै जसो बिधार्थीहरुले यस संस्थाको राम्रो बयान गरेको बताउनु हुदै आगामी दिनमा अझै प्रगति हुदै जाओस भन्ने सुभकामना व्यक्त गर्नु भएको थियो ।

समारोहमा उपस्थित सम्पुर्ण अतिथीहरु, सुभचिन्तक, समाजसेवी, विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, संचारकर्मीहरलाई उपस्तिथि जनाइ हौसला प्रदान गर्नु भएकोमा आभार प्रकट गर्दै संस्थाका अर्का संचालक आकाश पाठक ज्युले बिगतमा झै आगामी दिनहरुमा पनि बिद्यार्थी र सेवाग्राहिको मन शैक्षिक सेवा मार्फत जित्ने बिश्वास व्यक्त गर्नु भयो ।


प्रकाशित | १७ भाद्र २०७६, मंगलवार १६:३०