वडाबासीलाई टोल-टोलमा स्वास्थ्य सेवा दिन कागेश्वरी मनोहरा-७ मा गाउँ घर क्लिनीक सञ्चालन, प्रत्येक आईतबार नियमीत सेवा दिइने

काठमाडौं: कागेश्वरी मनोहरा नगरपालिका वडा नंं. ७ को कार्यालयले गाँउ घर क्लिनिक सेवा सञ्चालनमा ल्याएको छ । २३ हजार जनसंख्या रहेको वडामा स्वास्थ्य सेवा लिन आउँन नसक्नेलाई स्वास्थ्य सेवाको पहुँचमा पुर्याउँन यो अभियान चलाइएको हो ।

वडा कार्यालयले आधारभूत स्वास्थ्य सेवा केन्द्रद्धारा लक्षित वर्गका लागि आईतबार मूलपानी पिपलबोट नजिकको दिब्य ज्योति क्लव भवनबाट गाँउ घर क्लिनीक सञ्चालनमा ल्याइएको छ । क्लिनीकको नगरप्रमुख उपेन्द्र कार्कीले उद्घाटन गर्नु भयो ।

नगर प्रमुख कार्कीले अशक्त र ज्येष्ठ नागरिकहरुलाई आफ्नो टोल र घर घरमै स्वास्थ्य सेवा उपलब्ध गराउने उद्देश्यका साथ गाउँ घर क्लिनिक सञ्चालनमा ल्याइएको जानकारी गराउनुभयो ।

नगरपालिकाले सबै नगरबासीहरुलाई छिटो, छरितो र प्रभावकारी रुपमा स्वास्थ्य सेवा उपलब्ध गराइरहेको र यो अभियान त्यसकै निरन्तरता रहेको बताउनुभयो ।

This image has an empty alt attribute; its file name is IMG_5053-1024x683.jpg

वडा नं ७ का वडाध्यक्ष भिमसेन थापाका अनुसार क्लिनिकमा विशेष गरि ज्येष्ठ नागरिकका लागि निशुल्क सुगर परीक्षण, ब्लड प्रेसर चेक जाँच, स्वास्थ्य शिक्षा तथा परामर्श सेवा, सुरक्षीत मातृत्व सेवा, गर्भवती तथा सुत्केरी जाँच, परिवार नियोजन सेवा तथा पोषण सेवाका सुविधाहरु उपलब्ध गराइएको हो ।

केन्द्र अन्तर्गत दुई वटा क्लनीकमध्ये प्रत्येक महिनाको पहिलो र दोस्रो आइतबार हरहर महादेवमा तथा महिनाको तेस्रो र चौथो आइतबार दिब्य ज्योति क्लव भवनमा नियमीत रुपमा सञ्चालन गरिने वडाध्यक्ष थापाले जानकारी दिनुभयो ।

आगामी दिनमा आधारभूत स्वास्थ्य केन्द्रबाट सञ्चालन हुने सेवा गाउँ घर क्लिनिकमार्फत वडाका विभिन्न स्थानमा विस्तार गरिने उहाँले बताउनुभयो ।

गाउँ घर क्लिनिकसम्म पुग्न पनि असमर्थ विरामीहरुलाई घरघरमै पुगेर स्वास्थ्य उपचार गर्ने वडा कार्यालयको योजना छ । त्यसका लागि तथ्यांक संकलन गर्ने कार्य भइरहेको वडाध्यक्ष थापाको भनाई छ ।

This image has an empty alt attribute; its file name is IMG_5070-1024x683.jpg

आधारभूत स्वास्थ्य सेवा केन्द्रकी प्रमुख सजनी खड्काले आइतबार मात्र ४५ जना ज्येष्ठ नागरिक र गर्भवती महिलाले सेवा लिएका छन् ।

This image has an empty alt attribute; its file name is IMG_5054-1024x683.jpg

प्रकाशित | १९ चैत्र २०७९, आईतवार २२:१५