एक्सीस एजुकेसन नेटवर्कले एडमिसन डे को आयोजना गर्दै

काठमाडौँ– नेपाली विद्यार्थीहरूलाई न्युजिल्यान्डको एजुकेसन र अपर्चुनिटीजका बारेमा जानकारी गराउने उदेश्यले एक्सीस एजुकेसन नेटवर्कले अगस्ट २४ तारिख देखि ३० तारिख सम्म नेपालका विभिन्न शहरहरूमा अवस्थित आफ्नै कार्यालयहरूमा न्युजिल्यान्ड एडमिसन डे को आयोजना गर्ने लाएको छ ।

विद्यार्थी र अविभाबकलाई पाएक पर्ने शहरहरूमा एक्सीस एजुकेसन नेटवर्कको कार्यालयमा गई न्युजल्याण्डका उत्कृष्ट विश्वविद्यालय, कलेज र इन्स्टिच्युटका प्रतिनिधिसँग छलफल गरेर फाइदा उठाउनका लागि एक्सीस एजुकेसन नेटवर्कका म्यानेजिङ्ग डिरेक्टर पुष्पाराज पौडेलले आह्वान गर्नु भएको छ । पौडेलको भनाइमा विशेषगरी न्युजिल्यान्ड एजुकेसन एड्मिसन डे मा Ohomai institute of technology, Western Institute of technology, The waikato institute of technology, Nelson Marlborough institute of technology , Southern institute of technology, UNITEC, Aspire 2 international, Otago polytechnic and Ara institute of canterbury लगायतका शैक्षिक संस्था भाग लिन आइरहेका छन् ।

उक्त एडमिसन डे मा उपस्थित शैक्षिक संस्थाका प्रतिनिधिहरूले विद्यार्थीहरूलाई आफ्नो शैक्षिक संस्थाको बारेमा चिनारी, न्युनतम योग्यता र विद्यार्थीहरूका जिज्ञासाहरूलाई समाधान गर्नेछन् ,संस्थाका डिरेक्टर राकेश श्रेष्ठले भन्नु भयो। श्रेष्ठले थप्नु भयो। हामीले प्रत्यक वर्ष न्युजिल्यान्डका उत्कृष्ट युनिभर्सिटी,कलेज र इष्टीच्यूट लाई विद्यार्थीहरू सामु एजुकेसन फेयर, एडमिसन डे, वेबिनार लगायतका क्रियाकलाप मार्फत जानकारी गराई रहेका छौ । विभिन्न युनिभर्सिटी, कलेजको बारेमा परामर्श प्रदान गर्नुमात्रै ठूलो कुरा हैन् । त्यस गन्तव्यको बारेमा पूर्ण जानकारी प्राप्त गरि त्यहाँका शैक्षिक संस्थाहरूसंग सहकार्य गर्नु महत्त्वपूर्ण कुरा हो । जुन एक्सीस एजुकेसन नेटवर्कले विद्यार्थीहरूको पहुँचमा पुर्‍याईरहेको छू।

न्युजिल्यान्ड विश्वको उत्कृष्ट तेस्रो शैक्षिक गन्तव्यको रूपमा चिनिएको छ । विद्यार्थीहरूले २१औं शताब्दीलाई आवश्यक विषयगत् ज्ञान, सीप र दक्षता हासिल गर्ने उत्कृष्ट गन्तव्यको रूपमा न्युजिल्यान्डलाई लिन सकिन्छ । एक्सीस एजुकेसन नेटवर्कले आयोजना गर्न लागेको न्युजिल्यान्ड एजुकेसन एडमिसन डे सबै विद्यार्थीका लागि उपयुक्त हुने देखिन्छ।

न्युजिल्यान्ड एजुकेसन एडमिसन डे को सुरूवात अगस्ट २४ तारिखमा काठमाडौंको न्यू बानेश्वर,अगस्ट २५ मा विराटनगर, अगस्ट २६ मा पोखरा, अगस्ट २८ मा चितवन र अगस्ट २९ मा बुटवल हुँदै अगस्ट ३० मा पूर्न काठमाडौंको पुतलीसडक मा अबस्थित एक्सीसको कार्यालयमा समाप्त हुनेछ ।


प्रकाशित | ७ भाद्र २०७९, मंगलवार २१:१५