प्रधानमन्त्री शेरबहादुर देउवाद्धारा मन्त्रिपरिषद् बैठक आव्ह्रान

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिपरिषद् बैठक बोलाउनु भएको छ । दिउँसो २ बजे सिंहदरबारमा बस्ने बैठकमा संसद् अधिवेशन आव्हानका लागि राष्ट्रपतिलाई सिफारिस गर्ने तयारी भएको सरकारका प्रवक्ता एवं कानुन, न्याय तथा संसदीय मामिलामन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिनु भयो ।

बैठक प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बस्नेछ । मन्त्रिपरिषद्को बैठक बस्नुपर्ने भएकै कारण देउवाले पार्टी पदाधिकारी बैठक स्थगित गराउनु भएको थियो ।

सर्वोच्च अदालतले असार २८ गते प्रतिनिधि सभा पुनर्स्थापना गर्दै ३ साउनभित्र प्रतिनिधि सभाको बैठक बोलाउन आदेश दिएको थियो । यस अतिरिक्त आजको बैठकमा कोरोना महामारी नियन्त्रणलगायतका विषयमा खोप व्यवस्थापनको विषयबारे समेत छलफल हुने बताइएको छ ।


प्रकाशित | ३१ असार २०७८, बिहीबार १०:५४