भोजपुरमा विप्लव समूह र प्रहरीबीच गोली हानाहान, दुई जनाको मृत्यु

भोजपुर: भोजपुरमा नेक्रविक्रम चन्द (विप्लव ) समूह र प्रहरीबीच गोली हानाहान भएको छ । दुई पक्षबीच गोली हानाहानमा परि २ जनाको ज्यान गएको छ । १ जना घाइते भएका छन् । प्रहरीका अनुसार भोजपुर बजार नजिकै शनिबारे हटियामा गोली चल्दा १ जना प्रहरी र गोली चलाउनेको पनि ज्यान गएको छ ।  गोली लागेर खोटाङ घर भई भोजपुरमा कार्यरत प्रहरी सञ्जिव राईको ज्यान गएको हो । राईको ज्यान गएपछि जवाफी कार्वाहीका क्रममा गोली चलाउने चन्द समूहका नीर कुमार राईको पनि ज्यान गएको बताइएको छ ।


प्रकाशित | २५ असार २०७६, बुधबार १०:२७