लगनशीलता र इमान्दारिताले सफलताको शिखर चुमेका सुनिलबाबु

इमानदारीताका साथ निरन्तर कडा परिश्रम र मेहेनत गरेमा असम्भव भन्ने के नै रहेछ र । जीवनमा भाग्यले साथ नदिँदा पनि इमानदारीताका साथ परिश्रम गरेमा सफलता भन्ने चिज टाढाको विषय पनि त रहेनछ । भनिन्छ नी, हुने बिरुवाको चिल्लो पात । हो, सानैबाट मिहेनत र संघर्षमा विश्वास गर्ने सुनिल बाबु खड्काको जिवनमा यो भनाई ठ्याक्कै मेल खायो ।

वि.सं २०३१ साल चैत महिनामा बुबा रामबहादुर र आमा चिनीमायाको कान्छो सन्तानको रुपमा जन्मनु भएका सुनिलबाबु सानैबाट शालिन र भलाद्मी स्वभावको हुनुहुन्थ्यो । परिवारमा १ जना दाजु र २ जना दिदी हुनुहुन्थ्यो । शिक्षीत परिवारमा जन्मनु भएका सुनिलबाबुको बुबा उद्योग वाणिज्य महासंघमा काम गर्नुहुन्थ्यो । विशेष गरि बुबा आमाले छोराछोरीलाई पढाउनुपर्छ भनेर नै लमजुङ छाडेर चितवनमा बसाईँ सर्नुभयो ।

चितवनमा बुबा आमाले दु:ख गरेर राम्रै वातावरणमा हुर्काएको कारण सुनिलबाबुको बाल्यकाल सुखमा नै बित्यो । बाल्यकाल सुखमै बिताउनुभएका सुनिलबाबु सानैदेखि च्यारिटी गर्न असाध्यै रुचाउनुहुन्थ्यो । दीनदुखी, गरिवलाई सहयोग गर्नुपर्छ, समाजसेवा गर्नुपर्छ भन्ने भावना उहाँमा बाल्यकालमै पलायो । सामाजिक उत्तरदायित्व वहन गर्नुपर्छ भन्ने भाव बालयकालमै विकसीत भएसँगै उहाँ विभिन्न सामाजिक संघ संस्थामा आबद्धता जनाउन थाल्नु भयो । विद्यालय पढ्दा ताका नै उहाँ रेडक्रस, जेसीस तथा स्थानीय संघसंस्थामा क्रियाशील भएर च्यारिटीमा लाग्न थाल्नुभयो । पढाईमा पनि उत्तिकै तेज, मेहनत गर्न कत्ति पनि नडराउने, सामाजीक कार्यमा उक्तिकै सक्रियता जनाउने सुनिलबाबु प्रति विद्यालयका शिक्षकहरु निकै खुशी हुनुहुन्थ्यो । त्यो बेलाको विद्यार्थी जीवनका पलहरु सम्झिदा सुनिलबाबुलाई आज पनि रमाइलो लाग्छ ।

सुनिलबाबु वास्तवमै विद्यार्थीमध्येकै तारिफ गर्न लायकको हुनुहुन्थ्यो । शालिन व्यक्तित्व, भलाद्मी स्वभाव, कसैलाई नराम्रो नगर्ने र सबैको भलो चिताउने सुनिलबाबुलाई स्थानीयहरुले अहिले पनि सम्झिरहन्छन् ।

बेलायतमा सुरुवाती दिनहरुमा नेपाली खाना खान नपाउँदा उहाँलाई निकै नरमाइलो लाग्यो र फोन गरेर ममीसँग रुनुभएको थियो । सुनिलबाबुलाई फोनमा ममीले भन्नुभएको कुरा अहिले पनि याद आउँछ । ममीले भन्नुभएको थियोे, ‘बाबु कसैले हेरेन भने पनि भगवानले हेर्छ, इमान्दारीताका साथ काम गर, भाग्यले साथ नदिदा पनि सफलताको शिखर चुम्न सकिन्छ ।’ ममीको त्यो मर्मस्पर्शी भनाइलाई मार्गदर्शन बनाएर उहाँ अघि बढ्नु भयो । र, मनलाई शान्त बनाउनुभयो ।

सुनिलबाबुले नारायणघाटमा अवस्थित लक्ष्मी मा.बि.बाट एसएलसी उतीर्ण गर्नु भयो । एसएलसी पश्चात उहाँले उच्च शिक्षा काठमाडौमा पढ्न थाल्नु भयो । कर्म र मेहनतमा विश्वास गर्ने सुनिलबाबुलाई उच्च शिक्षाको लागि पनि परिवारबाट आर्थिक सहयोग आवश्यक नै परेन । उहाँले आफै काम गरेर पढ्नुभयो ।

अध्ययनकै सिलसिलामा काठमाडौंमा रहदा उहाँले कम्युटर शिक्षा हासिल गर्नु भयो र सानै उमेर देखिनै व्यवसायीक जिवन सुरु भयो । त्यतीबेला सुनिलबाबु २२ वर्षको हुनुहुन्थ्यो । उहाँले नारायणगढमा अक्सफोर्ड कम्युप्टरको शाखा खोल्नु भयो । त्यसपछि नारायणगढमै कलेज अफ सोफ्टवेर ईन्जिनियरीङ सञ्चालन गर्नु भयो । उत्त कलेजको समुदघाटन तत्कालीन सभामुख सम्मानीय श्री तारानाथ रानाभाटबाट भएको थियो । तर त्यही कलेज बेचेर आफुले पढेको विषयको भविष्य खोज्दै स्टुडेन्ट भिसामा यूके प्रस्थान गर्नु भयो । उहाँ स्वदेशमा भविष्य नदेखेर विदेशी भूमिमा भविष्य खोज्दै भौतारिन थाल्नु भयो । तर विदेशी भूमिमा भविष्य खोज्न कहाँ त्यती सहज थियो र ? त्यतीबेला यूकेमा नेपालीहरु अत्यन्तै न्यून संख्यामा रहेको उहाँ सम्झनुहुन्छ ।

बेलायतमा सुरुवाती दिनहरुमा नेपाली खाना खान नपाउँदा उहाँलाई निकै नरमाइलो लाग्यो र फोन गरेर ममीसँग रुनुभएको थियो । सुनिलबाबुलाई फोनमा ममीले भन्नुभएको कुरा अहिले पनि याद आउँछ । ममीले भन्नुभएको थियोे, ‘बाबु कसैले हेरेन भने पनि भगवानले हेर्छ, इमान्दारीताका साथ काम गर, भाग्यले साथ नदिदा पनि सफलताको शिखर चुम्न सकिन्छ ।’ ममीको त्यो मर्मस्पर्शी भनाइलाई मार्गदर्शन बनाएर उहाँ अघि बढ्नु भयो । र, मनलाई शान्त बनाउनुभयो ।

लगत्तै उहाँले रेष्टुरेन्टमा वेटरको काम पाउनु भयो । पहिलो गाँसमै ढुंगा भनेझै काम राम्रो भएन भन्दै केही समयमा नै उहाँलाई कामबाट निकालियो । तथापी उहाँलाई राम्रो काम गर्ने एक मौका पनि दिइयो । भनिन्छ नी, मौका आउछ पर्खदैन । हो, उहाँले पनि सोही मौकालाई आत्मसात गर्नुभयो र निकै कडा मेहनत गर्नुभयो । उहाँको मेहनत र लगाव देखेर रेष्टुरेन्टमा उहाँ फेरी पनि नियुक्ती हुनु भयो र केही दिन पछि काम छोड्नु भयो । यसको पछाडीको एउटै कारण थियो, उहाँ जिवनमा नकारात्मक छाप नपरोस् भन्ने चाहानुहुन्थ्यो । त्यसपछि उहाँले अर्को कफिसपमा काम गर्नुभयो । त्यतीबेला कफीसपमा केही नेपाली पनि थिए । कफीसपमा उनीहरुलाई सहयोग गर्नुहुन्थ्यो । केहि वर्षपछि उहाँले कफीसपको काम छाड्नुभयो । त्यसपछि उहाँले क्याटिङ हस्पिटालिटीमा काम गर्नुभयो । यसबीचमा उहाँले छोटो समय रिहाब सेन्टरमा पनि काम गर्नुभयो ।

यूकेमा ८ वर्षको कामको अनुभव पश्चात भने उहाँले आफनै ब्यवसाय शूरु गर्नुभयो । ब्यवसायीक यात्रा शूरु भएपछि त उहाँले झनै कडा परिश्रम गर्न थाल्नुभयो । उहाँले एउटा रेष्टुरेन्टबाट आफनो ब्यवसाय शूरु गर्नुभयो । रेष्टुरेन्ट ब्यवसायमा सफल पनि हुँदै जानुभयो । रेष्टुरेन्ट थप्दै ५ वटा सम्म पुर्याउनुभयो । यसमा श्रीमतीको निकै ठूलो हात रह्यो । उहाँहरु दिनमा १६ देखि २० घण्टा सम्म काम गर्नुहुन्थ्यो । विगतलाई फर्केर हेर्दा श्रीमतीको साथ नभएको भए सफलताको यो उचाई सम्भव रहेनछ भन्ने उहाँलाई लाग्छ ।

ब्यवसायीक रुपमा सफल हुँदै गएपछि उहाँले पछि रेष्टुरेन्ट घटाउँदै लग्नुभयो । अहिले उहाँको न्यू हवेली रेष्टुरेन्ट, वेष्ट बाइफ्लीटका, प्रोपर्टी विजनेश र शेयर मार्केटमा समेत लगानी छ भने नेपालमा पनि रेष्टुरेन्टहरु छन् । व्यवसायीक रुपमा सुनिलबाबु सफल ब्यवसायी हुनुहुन्छ ।
उहाँ चितवन जिल्लाकै पहिलो आइटी पनि हुनुहुन्छ । गरे के सम्भव हुँदैन र भन्ने उदाहरणीय ब्यक्तीत्व समेत हुनुहुन्छ सुनिलबाबु । उहाँ हाल श्रीमती र १ छोरी, २ छोराको साथमा युकेको वकिङमा बस्दै आउनु भएको छ ।

मन आफ्नै मातृभूमिमा डुलिरहन्छ

हुन त उहाँले बाल्यवस्थामै यूके, अमेरिका जाने सपना देख्नु भएको रहेछ । उहाँको सपना एक हिसावले त साकार भयो तर शरीर विदेशमा भएपनि मन आफ्नै मातृभूमिमा डुलिरहन्छ । तीनै पाखा पखेरीहरुले बोलाईरहन्छ । तर चाहे जस्तो सजिलो कहाँ छ र ? सम्भव भएसम्म दुई वर्षमा एक पटक नेपालमा आवतजावत त गर्नुहुन्छ तर अब चाहेर पनि यूके छाडेर स्वदेश फर्कन सक्नुहुन्न । उहाँ अहिले सम्झिनुहुन्छ, यूरोप, अमेरिका जाने त्यो बाल्यवस्थाको सपना नै गलत रहेछ । बुबाआमाको आँखा अगाडी जिवन बिताउन नपाउँदा सुनिलबाबु निकै नै खल्लो महशुस गर्नुहुन्छ । उहाँ भन्नुहुन्छ, ‘बुबा आमाले चाहेको सबै पूरा गर्न सक्छु तर सँगै बस्ने इच्छा पूरा गर्न सकिन ।’  उहाँ बेलायतमा बस्न थालेको २१ वर्ष पुगिसकेको छ ।

जीवनको ५० औ दशक पुग्नै लाग्दा उहाँले हालसम्म पैत्तिक सम्पत्ति लिनु भएको छैन । ‘बुबा आमाले मेहनत गर्न सिकाउनु भयो र संस्कार राम्रो दिनु भयो । त्यही नै ठूलो कुरा हो,’ उहाँ भन्नुहुन्छ ।

सामाजीक कार्यमा सुनिलबाबु

उहाँ सामाजिक सेवामा पनि निरन्तर लागिरहनु भएको छ । समाजसेवा गर्न हजुरआमाले अभिप्रेरित गर्नुभएका शब्दहरु उहाँको मानसपटलमा अझै पनि घुमिरहन्छन रत उहाँ निश्वार्थ रुपमा पिडामा मल्हम लगाउन अघि सरिरहनु हुन्छ । सुनिलबाबुले मानवसेवा आश्रमलाई यूरोपभरि फैलाउन ठूलो सहयोग गर्नुभयो । त्यस्तै, नेपाल कल्चर सेन्टरको प्रबद्र्धनमा पनि उहाँको निकै योगदान रह्यो । यता लकडाउनको समयमा उहाँले आफूलाई सामाजिक अभियन्ताका रुपमा प्रमाणित गर्नुभयो । कोरोना महामारीमा उहाँले विभिन्न व्यक्ति तथा संघसंस्थाहरुलाई सक्दो सहयोग गर्नुभयो । सो क्रम अहिले पनि जारी छ ।

लकडाउनले विशेषतः हस्पिटालिटी क्षेत्र संकटमा रहेका बेला त्यो पीडा बिर्सेर उहाँले कोरोना संक्रमित बिरामीलाई बचाउन अग्रपंक्तिमा खटिएका डाक्टर, नर्ससहित प्रहरी र अन्य क्षेत्रका कामदारलाई हजारौको संख्यामा निशुल्क खाना खुवाउनुभयो । त्यस्तै, उहाँले ‘भ्यालेन्टाइन डे’ मा सरप्राइज चकलेट गिफ्ट दिएर नयाँ शैली अपनाउनु भएको थियो ।

बेलायतमा उठाइने हरेक कार्यक्रमहरुको चन्दा दाताको सूचीमा उहाँको नाम अग्रस्थानमा देख्न सकिन्छ । यी र यस्तै विभिन्न सामाजिक क्षेत्रमा उहाँको सक्रियता रहँदै आएको छ ।  उहाँ सफल उद्यमी तथा बरिष्ठ समाजसेवीका रुपमा परिचित हुनुहुन्छ ।

उहाँले कोरोनाको कारण कामविहिन भएर समस्यामा परेका ६ जना नेपाली विद्यार्थीहरुलाई तीन महिनासम्म खान बस्न सहयोग गर्नु भयो । उहाँले स्थानीयस्तरमा सातवटा विद्यालयका विद्यार्थीहरु र कर्मचारीलाई पाँच हजार निःशुल्क स्यानिटाइजरका बोतलहरु बाँड्नु भएको थियो जसको स्यावासी उहाँले जन्मभूमि नेपाल र कर्मभूमि देश बेलायतबाट धेरै नै पाउनु भयो ।

यता घरबारविहीनहरु र दिर्घरोगीहरुका निम्ति आश्रयस्थल मानवसेवा आश्रमका गतिविधिहरुमा पनि उहाँले खुलेर सहयोग गरिरहनु भएको छ । चितवनस्थित मानवसेवा आश्रमलाई उहाँको निरन्तर आर्थिक सहयोग रहिआएको छ ।

 बेलायतमा उठाइने हरेक कार्यक्रमहरुको चन्दा दाताको सूचीमा उहाँको नाम अग्रस्थानमा देख्न सकिन्छ । यी र यस्तै विभिन्न सामाजिक क्षेत्रमा उहाँको सक्रियता रहँदै आएको छ । त्यसैले त उहाँ सफल उद्यमी तथा बरिष्ठ समाजसेवीका रुपमा परिचित हुनुहुन्छ । उहाँले हालसम्म एनआरएनए यूके सल्लाहकार एवं परोपकार समितिको सदस्य सचिव, ब्रिटेन नेपाल च्याम्बर अफ कमर्सको सदस्य, चितवन एड ट्रष्ट (क्याट) यूके सल्लाहकार एवं पूर्व उपाध्यक्ष भएर पनि काम गरिसक्नुभएको छ ।

एनआरएनएमा सुनिलबाबु

सुनिलबाबु सामाजीक कार्यमा सक्रिय बन्दै जाँदा गैर आवासीय नेपाली संघमा पनि आबद्ध हुँदै जानुभयो । यूकेमा विश्वमै पहिलो पटक सन् २००३ सालमा एनआरएनए स्थापना भयो । यूकेमा एनआरएनएका गतिविधी अगाडि बढिरहेको थियो, त्यतीबेला सुनिलबाबुले पनि एनआरएन अभियानमा सक्रियता बढाउँदै लग्नुभयो । सुनिलबाबुले अभियानमा होमिदै जाँदा सन् २००५ मा पञ्जीकृत सदस्यता लिनुभयो । अब पक्का एनआरएनएको एक सिपाई हुनुभयो । एनआरएनए अभियानमा क्रियाशील हुँदै जाँदा सन् २०१७ को एनआरएनए यूकेको चुनावी मौदानमा उत्रीनुभयो । एनआरएनए यूकेको सचिव पदमा राम्रो मत त पाउनुभयो तर सोचेजस्तो भएन । पदमा नभए पनि उहाँले च्यारिटीको कामलाई भने अगाडि बढाइरहनुभयो । सन् २०१९ को एनआरएनए यूकेको निर्वाचनबाट उहाँ उपाध्यक्षमा निर्वाचीत हुनु भयो । बेलायतमा बसोबास गरिरहेका नेपाली तथा एसियन मुलका नागरिकहरुमाझ सहयोग तथा सहृदयी छबि बनाउँदै उहाँ एनआरएनए यूके च्यारिटी विभागको संयोजक समेत हुनुभयो । एनआरएनए यूकेमा उहाँले यस बीचमा महत्वपूर्ण योगदान गर्नुभयो । व्यवसायीक जिवन र सामाजिक कार्यमा लागिरहदा उहाँले थुप्रै चुनौतीहरुको सामना गरिसक्नु भएको छ । तर सधै नै चुनौतीहरुको सामना गर्न अघि सरेकै कारण उहाँले सफलता हासील गर्दै अघि बढ्न सफल हुनुभएको छ ।

यतीबेला सुनिलबाबु अर्को एउटा महत्वपूर्ण चुनौतीको संघारमा रहनु भएको छ । आगामी कार्यकालको लागि एनआरएनए यूकेको नेतृत्वको लागि उहाँ अघि सर्नु भएको छ । दुई वर्षको अवधिमा एनआरएनए यूकेमा उपाध्यक्षको जिम्मेवारीमा रहेर गरेको काम र पुर्याएको योगदानकै कारण सुनिलबाबु अहिले नेतृत्वको दावी प्रस्तुत गरिरहनु भएको छ ।

यतीबेला सुनिलबाबु अर्को एउटा महत्वपूर्ण चुनौतीको संघारमा रहनु भएको छ । आगामी कार्यकालको लागि एनआरएनए यूकेको नेतृत्वको लागि उहाँ अघि सर्नु भएको छ । दुई वर्षको अवधिमा एनआरएनए यूकेमा उपाध्यक्षको जिम्मेवारीमा रहेर गरेको काम र पुर्याएको योगदानकै कारण सुनिलबाबु अहिले नेतृत्वको दावी प्रस्तुत गरिरहनु भएको छ । एनआरएनए यूकेमा समाजसेवाको उर्जाको लागि उचित स्थान र सम्भावना देखेर नै उहाँ उम्मेदवारी दिने मनसायमा पुग्नुभयो । कुनै राजनीतिक आवरणमा नभई निस्वार्थ ढंगले सकेको योगदान गर्न र सबैको साझा संस्थाको रुपमा विकास गर्न आफूले उम्मेदवारी दिन लागेको उहाँ बताउनुहुन्छ । हालसम्म कही कतै विवादमा नआई सबैको मन मस्तिष्कमा बस्न सफल खड्कालाई चुनौतीको नयाँ खुड्किलो उक्लिन पक्कै पनि भाग्य अनि समयको साथ मिलोस । शुभकामना ।


प्रकाशित | १० बैशाख २०७८, शुक्रबार १४:१२

Leave a Reply

Your email address will not be published. Required fields are marked *

error: Content is protected !!