‘भोकै मर्नुभन्दा लुकेर भए पनि आफ्नै देश आयौँ’

काठमाडौं : लकडाउनको समयमा पनि रोजगारीका लागि भारत गएका नेपाली मजदुर लुकिछिपी स्वदेश फर्कने क्रम जारी छ । उनीहरूलाई नेपाली सीमासम्म ल्याउने काम भारतीय प्रहरीले गर्दै आएको छ ।

सरकारले भारतसँग जोडिएका सीमा नाकामा कडाइ गरे पनि झापामा भने चोर बाटो हुँदै दर्जनौँ नेपाली स्वदेश फर्किएका छन् । भारतमा कोरोना संक्रमण फैलिन थालेपछि नेपाली मजदुर सुरक्षाकर्मीको आँखा छलेर भित्रिरहेका छन् । यो समाचार आजको नयाँ पत्रीका दैनीकमा झापाबाट चिरञ्जीवी घिमिरेले लेखेका छन् ।

बिहीबार बिहान झिसमिसेमै मकैबारी हुँदै झापा गाउँपालिकाको खुला नाकाबाट १२ मजदुर नेपाल प्रवेश गरे । शुक्रबार पनि भारतमा मजदुरी गर्न गएका एक नेपाली मकैबारीबाट लुक्दै झापा आइपुगेका छन् । उनीहरूमध्ये केही झापा जिल्लाका थिए । उनीहरूलाई सम्बन्धित स्थानीय तहको क्वारेन्टाइनमा पठाइएको छ । टोलीमा पाँचथर र तेह्रथुमका पनि छन् । उनीहरूलाई झापा गाउँपालिकाको क्वारेन्टाइनमा राखिएको गाउँपालिकाका अध्यक्ष जयनारायण साहले जानकारी दिए ।


प्रकाशित | २८ बैशाख २०७७, आईतवार ०९:५६