म्यानचेष्टर युनाईटेडसंग ईन्टर पराजित

एजेन्सी: म्यानचेष्टर युनाईटेडले ईन्टरनेश्नल च्याम्पियन्स कपमा जित हासिल गरेको छ । शनिबार सिंगापुरको नेश्नल स्टेडियममा भएको खेलमा युनाईटेडले ईन्टर मिलानलाई १–० गोल अन्तरले हराएको हो । युनाईटेडको जितमा मिसन ग्रिनउडले खेलको ७८ औ मिनेटमा विजयी गोल गरे । दोस्रो हाफमा वैकल्पिक खेलाडीको रुपमा मैदान प्रवेश गरेका ग्रिनउडले युनाईटेडका लागि सिजनको दोस्रो गोल गरेका हुन् ।

क्लब सम्हालेपछि पहिलो खेलमा उत्रिएका एन्टोनियो कोन्टेले पराजय भोगे । युनाईटेडका रोमेलु लुकाकु पछिल्लो समय ईन्टर जाने तयारी छ । सोही क्लबविरुद्व कोन्टेले हार ब्यहोरेका हुन् । चोटका कारण लुकाकु ईन्टरविरुद्वको खेलमा मैदानमा उत्रिएनन् । युनाईटेडका लागि डेबिड डी जिया र लुकी शा प्लेईङ सेटमा रहेर खेलको सुरुवात गरेका थिए । युनाईटेडका कप्तान नेमान्जा माटिस र पाउल पोग्बा खेलमा प्रभाव जमाउन सफल रहे ।


प्रकाशित | ४ श्रावण २०७६, शनिबार २१:५०