विद्यार्थी भर्नाको निर्णय भएको छैन, भर्नाको नाममा रकम असुल गरे कारबाहीः शिक्षा मन्त्रालय

काठमाडौँ:  शिक्षा मन्त्रालयले विद्यार्थी भर्नाको सम्बन्धमा कुनै पनि निर्णय नगरेको बताउँदै भर्नाको नाममा रकम असुल गरे कारवाही हुने चेतावनी दिएको छ । सञ्चार माध्यममा भर्ना खुला गरिएको समाचार आएपछि मन्त्रालयले विद्यार्थी भर्ना खुला नगरेको भन्दै भ्रममा नपर्न अभिभावकलाई सचेत गराएको हो ।

शिक्षा मन्त्री गिरीराजमणि पोखरेलले मन्त्रीस्तरीय गरेको निर्णयको बारेमा जानकारी दिँदै मन्त्रालयका प्रवक्ता एवं सहसचिव दीपक शर्माले भर्नाको सम्बन्धमा कुनै निर्णय नभएको स्पष्ट पार्नुभएको छ । मन्त्रालयको विज्ञप्ति जस्ताको तस्तै:-


प्रकाशित | २२ बैशाख २०७७, सोमबार २०:१४