यस्तो छ आजको विदेशी मुद्राको विनियम दर

काठमाडौं: आज एक अमेरीकी डलरको खरिद मूल्य १११ रुपैयाँ ७२ पैसा तोकीएको छ भने बिक्री मूल्य ११२ रुपैयाँ ३२ पैसा रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार (बैशाख १७) आजको लागि एक युरोको खरिददर १२४ रुपैयाँ ६२ पैसा छ भने बिक्रिदर १२५ रुपैयाँ २९ पैसा रहेको छ ।

एक युके पाउण्ड स्ट्रलिङको खरिददर १४४ रुपैयाँ ३८ पैसा र बिक्रिदर १४५ रुपैयाँ १६ पैसा रहेको छ । यसैगरी जापानीज १० यनको खरिददर १० रुपैयाँ ०० पैसा छ भने बिक्रिदर १० रुपैयाँ ०५ पैसा रहेको छ । कतारी एक रियालको खरिददर ३० रुपैयाँ ६९ पैसा र बिक्रिदर ३० रुपैयाँ ८५ पैसा रहेको छ । यसैगरी कुवेती एक दिनारको खरिददर ३६६ रुपैयाँ ९७ पैसा र बिक्रिदर ३६८ रुपैयाँ ९४ पैसा रहेको छ ।


प्रकाशित | १७ बैशाख २०७६, मंगलवार ०८:१९