एनआरएनए अमेरिकाको अध्यक्ष पदमा कृष्ण लामिछानेको उम्मेदवारी दर्ता

टेक्सस । गैर आवासीय नेपाली संघ अमेरिकाको अध्यक्ष पदमा कृष्ण लामिछानेले उम्मेदवारी दर्ता गराउनु भएको छ । उम्मेदवारी दर्ता सँगै लामिछानेले सबल र सक्षम एनआरएनए निर्माणको लागि आफ्नो उम्मेदवारी रहेको बताउनुभएको छ ।

‘२० बर्षे अमेरिकन जीवनमा नेपाली समुदाय प्रतिको अगाध माया र लगाव अनि यही सामुदायिक अभियानको लामो अनुभवलाई एनआरएनएमा जोडेर काम गर्ने प्रणका साथ यहाँहरुको गाली र तालीको पूर्ण आशा गर्दछु’, उहाँले भन्नुभएको छ ।

‘एनआरएनएको यो महाअभियानमा यहाँहरूको साथ र भरोसाको पूर्ण आशामा नेपाल सरकार द्वारा मान्यता प्राप्त सबै भन्दा ठुलो प्रवासीहरुको संस्था एनआरएनए अमेरिकाको आसन्न निर्वाचनको लागि अध्यक्ष पदमा आफ्नो उम्मीदवारी लागि मनोनयन दर्ता गराएको छु’, लामिछानेले भन्नुभएको छ, ‘आगामी मे महिनामा हुने निर्वाचनका लागि यहाँहरुको आशिर्वाद, साथ र सहयोगको पूर्ण आशा गरेको छु ।’

एनआरएनए अमेरिकाको आगामी निर्वाचन केवल संस्थाको नियमित प्रकृया मात्र नभएको बताउँदै भन्नुभयो, ‘यो बिशाल संस्थालाई नियममा हिँडाउन, मर्दा-पर्दा यहाँहरुको सुख दु:को सारथी बनाउन र सबैभन्दा ठुलो एनसीसीको बलले आईसीसीमा अमेरिकाको एनआरएनएनको साख र प्रभाव राख्न सही पात्रको छनौट हुन पनि जरुरी छ र त्यसको लागि म अहोरात्र जुट्ने छु यति कामका लागि आफुलाई योग्य समेत ठान्दछु ।’

‘२० बर्षे अमेरिकन जीवनमा नेपाली समुदाय प्रतिको अगाध माया र लगाव अनि यही सामुदायिक अभियानको लामो अनुभवलाई एनआरएनएमा जोडेर काम गर्ने प्रणका साथ यहाँहरुको गाली र तालीको पूर्ण आशा गर्दछु’, उहाँले थप्दै भन्नुभएको छ ।

नेपालको गोरखा जिल्लामा जन्मिएर जीवनका केही क्षणहरु राजधानी काठमाडौंमा पेशा र व्यबसायको सिलसिलामा बिताउनुभएको लामिछाने विगत झण्डै २० वर्षदेखि अमेरिकाको डालसलाई कर्मभूमी बनाएर व्यबसाय र समाजलाई परिआएको सहयोग गर्दै आउनुभएको छ ।

नेपालको गोरखा जिल्लामा जन्मिएर जीवनका केही क्षणहरु राजधानी काठमाडौंमा पेशा र व्यबसायको सिलसिलामा बिताउनुभएको लामिछाने विगत झण्डै २० वर्षदेखि अमेरिकाको डालसलाई कर्मभूमी बनाएर व्यबसाय र समाजलाई परिआएको सहयोग गर्दै आउनुभएको छ ।


प्रकाशित | ८ बैशाख २०७८, बुधबार १०:३०