व्यक्तिगत सुरक्षा सामग्री वितरण

काठमाडौं : प्रदेश नं २ स्थित सप्तरी जिल्लाको सप्तकोशी नगरपालिकामार्फत् सुन्दरढोका साथीसेवाले नगरपालिकाको स्वास्थ्य शाखालाई कोविड जोखिमबाट सुरक्षित रहनका लागि स्वास्थ्यकर्मीहरूलाई उपलब्ध गराउने उद्देश्यका साथ १० सेट व्यक्तिगत सुरक्षा सामग्री (पिपिई ) वितरण गरेको छ ।

उक्त व्यक्तिगत सुरक्षा सामग्री संस्थाका कार्यकारी निर्देशक विकाश अधिकारीले सप्तकोशी नगरपालिकाका प्रमुख उत्तम शर्मालाई हस्तान्तरण गर्नु भएको थियो ।

संस्थाका कार्यकारी निर्देशक अधिकारीका अनुसार उक्त सामग्रीहरु पुनर्प्रयोग गर्न मिल्ने खालको भएको र विश्व स्वास्थ्य सङ्गठनद्वारा निर्धारित मापदण्डमा आधारित भएको बताउनुभयो ।

व्यक्तिगत सुरक्षा सामग्री ग्रहण गर्दै नगरप्रमुख शर्माले सुन्दरढोका साथीसेवासँगको सहकार्यले यस नगरपालिकाका नागरिकहरुको स्वास्थ्य क्षेत्रमा ठूलो टेवा पुगेको बताउनुभयो ।

यस अगाडि संस्थाले नगरपालिकासँगको सहकार्यमा सञ्चालन गरेको स्वास्थ्य शिविर र यस पटकको विश्वव्यापी महामारीका बेलामा स्वास्थ्य सामग्री सहयोग गरेकोमा नगरपालिकाको तर्फबाट धन्यवाद व्यक्त गर्नुभयो ।


प्रकाशित | १९ बैशाख २०७७, शुक्रबार १५:२४