नेपाल एयरलाइन्सद्धारा उडान कटौती गर्ने निर्णय,अब दिल्लीमा दैनिक एक उडान

काठमाडौं : सरकारी स्वामित्वको राष्ट्रिय ध्वजाबाहक नेपाल एयरलाइन्सले उडान कटौती गरेको छ । एयरलाइन्सले एक सूचना जारी गर्दै कोरोना भाइरस (कोभिड १९) का कारण यात्रु संख्यामा कमी आएको भन्दै उडान कटौती गर्ने निर्णय गरेको हो।

जसअनुसार दैनिक दुईवटा उडान गर्दै आएको काठमाडौं- दिल्ली-काठमाडौं उडान मार्च १५ देखि लागू हुने गरी एउटामात्र गर्ने भएको छ ।

अब नेपाल एयरलाइन्सले बिहानको उडान नियमित राख्ने र साँझको उडान भने कटौती गर्ने निर्णय गरेको हो। यसैगरी बैंगलौरको नियमित उडान मार्च १९ र ३१ तारिखका लागि रद्द गरिएको छ भने मुम्बईका लागि हुने प्रत्येक शुक्रबारको उडान १५ मार्चदेखि १५ अप्रिलसम्मका लागि स्थगित गरिएको एयरलाइन्सले विज्ञप्तिमार्फत जनाएको हो ।

यसैगरी एयरलाइन्सले बैंककको मार्च ११ र मार्च २५ को उडान एवं हङकङको मार्च १९ र मार्च २६ को उडान समेत रद्द गरेको छ। काठमाडौं(-दोहाको उडान फागुन २७ गतेदेखि नै अर्को सूचना नभएसम्मका लागि स्थगित गरिसकिएको छ।

उपरोक्त उडानका टिकट खरीद गरेका यात्रुहरुलाई टिकट फिर्ता गर्दा भुक्तानी गरेको रकम पुरै उपलब्ध गराइने र भनेको उडान मिति १ पटक परिवर्तन गर्न शुल्क नलाग्ने एयरलाइन्सले जनाएको छ।


प्रकाशित | १ चैत्र २०७६, शनिबार १८:२०