खाडी मुलुकको श्रम बजारमा रहेका नेपालीको समस्या सम्बोधन गर्न प्रतिबद्ध छुु : कुमार पन्त

दोहा : गैरआवासीय नेपाली संघका उपाध्यक्ष एवं आगामी अध्यक्षका प्रत्यासी कुमार पन्तले मध्यपूर्वमा रहेको नेपाली श्रमीकका समस्या समाधान गर्न प्रतिबद्ध रहेको बताउनुभएको छ । खाडी मुलुकको श्रमबजारमा रहेका नेपालीको समस्या सम्बोधन र अधिकारका लागि समेत प्रतिबद्ध विचार राख्नुभएको हो । एनआरएनए कतारको आठौँ महाधिवेशनलाई सम्बोधन गर्दै अध्यक्षका उम्मेदवार पन्तले मध्यपूर्वको श्रम बजारमा रहेका नेपालीको समस्या समाधान, हकहित र अधिकारको सवाल संघको पहिलो प्राथमिकतामा राखेर अगाडि बढेको र आगामी दिनमा पनि सोही अनुसार आफू अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्नुभयो ।

नेपालको अर्थतन्त्रको ३५ प्रतिशत भन्दा बढी हिस्सा नेपाली श्रमिकले पठाएको रेमिट्यान्सले ओगटेको भन्दै पन्तले भन्नुभयो, ‘मुलुकको अर्थतन्त्रमा यतिको योगदान गर्ने श्रमिकको आधार क्षेत्र यो, यो क्षेत्रका श्रामिकका बारेमा अब सबैले सोच्न जरुरी छ ।’ मध्यपूर्वमा दिनरात नभनी खटेका श्रमिकले नेपालमा पठाएको पूँजी अनुत्पादक क्षेत्रमा खर्च भइरहेकोप्रति सचेत गराउँदै पन्तले सो पूँजीलाई उत्पादनमुलक क्षेत्रमा प्रयोग गर्नुपर्ने बताउनुभयो ।

मध्यपूर्वमा रहेका नेपालीले सिकेका ज्ञान, सीप र प्रविधिलाई समेत नेपालको श्रम बजारमा प्रयोग गर्न सकिने आधार निर्माणका लागि संघ प्रतिबद्ध रहेको उहाँको भनाई थियो । त्यसका लागि एकद्धार नीति अर्थात सामुहिक लगानीका लागि उहाँले सबैको ध्यानाकर्षण गराउनुभयो ।

कार्यक्रममा एनआरएनएका उपाध्यक्षद्धय कुमार पन्त, कुल आचार्य, महासचिव डा. बद्री केसी, सचिव डिवी क्षेत्री, जानकी गुरुङ, सल्लाहकार डा. हेमराज शर्मा, कोषाध्यक्षका उम्मेदवार महेश श्रेष्ठ लगायत दोहा पुग्नु भएको थियो ।


प्रकाशित | १४ भाद्र २०७६, शनिबार १५:४६