नेपालमै बन्यो कार्यक्रम चलाउने रोबर्ट

काठमाडौं : ‘अनरेवल मिनिस्टर फर एजुकेसन, साइन्स एन्ड टेक्नोलोजी गिरिराजमणि पोखरेल यु आर वेलकम इन द इनागुरेसन सेरेमनी अफ साइन्स म्युजियम’ अतिथिहरूलाई सम्बोधन गर्ने क्रममा ड्यासमा उभिएकी मानवयन्त्र (रोबर्ट) ले जब यसरी सम्बोधन गरिन्, कार्यक्रममा उपस्थित सबै शान्त भएर सुन्न थाले।

अतिथिहरूलाई एक एक गरेर नाम लिँदै मञ्चमा बोलाउन थालेपछि कानेखुसी गरेकाहरूको ध्यान पनि मञ्चतर्फ नै मोडियो। कार्यक्रम सञ्चालनमा खटिएकी थिइन्, हाकुपटासीमा सजिएकी फूलमाया। अतिथि मञ्चमा आएर नबस्दासम्म उनी पनि रोकिन्थिन्। जब सबैजना मञ्चमा आइपुगे, त्यसपछि फेरि उनैले एकएक नाम उच्चारण गर्दै अनुरोध गर्न थालिन्, मन्तव्यका लागि। अतिथिले भाषण नसक्दासम्म उनी पनि ध्यानपूर्वक सुनिरहन्थिन्। यो समाचार आजको अन्नपूर्ण दैनीकमा छ ।


प्रकाशित | २९ बैशाख २०७६, आईतवार ०६:५२