कोरोना महामारी बारे एनआरएनए युवा संयोजक हिमाल गुरुङको सन्देश

हिमाल गुरुङ, युवा संयोजक, गैर आवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय परिषद

कोरोना (कोभिड १९) ले यतिखेर विश्वब्यापी महामारीको रुप लिइरहेको छ । कोरोनाले विश्वभरि नै आफनो दानवी रुप देखाइरहेको छ । विश्वभरि कोरोनाले आफनो ताण्डव मच्चाइरहेको यो अवस्थामा मानिसहरु आंतकीत र भयभीत हुनु स्वभावीक छ । विश्वभर कोरोना फैलने क्रम जारी रहँदा लाखौले ज्यान गुमाइसकेका छन भने लाखौं लाख मानीसहरु कोरोना विरुद्ध लडिरहेका छन् । अझ लाखौ मानीसहरुले त कोरोनालाई जितेर नयाँ जीवन पनि पाइसकेका छन् भने अब तपाई हामीले पनि ढिलो चाँडो यो युद्ध जित्नुपर्नेछ । तर यो बेला तपाई हामीले धैर्यता, संयमता, सहनशीलता, सहयोगी भावनालाई भने फैलाउन जरुरी देखिन्छ । किनकी अहिले कतीपय मानीसहरु कोरोना लागेर भन्दा लामो समय घरभित्रै बस्नुपर्दा एक छाक टार्न नपाएर ज्यान गुमाउन सक्ने अवस्था सिर्जना भइरहेको छ । विशेष गरि प्रवासमा रहनुहुने लाखौ नेपालीहरु अहिले बढी नै पीडित भइरहेका छन । मध्यपूर्व, मलेसियालगायत सबैभन्दा धेरै नेपाली श्रमीक रहेका मुलुक झनै समस्यामा छन् ।

यो विपत्तिमा गैर आवासीय नेपाली संघले सकेको सहयोग जुटाउँदै अत्यावश्यक खाद्यान्न सामानहरु सहयोग गरिरहेको छ भने प्रवासमै रहनुभएका विभिन्न ब्यक्तीहरुले पनि आफूले सकेको सहयोग गरिरहनु भएको छ । यो बेला तेरो, मेरो, शत्रु, मित्र जस्ता सबै कुरालाई बिर्सेर विपत्तिमा एकजुट भएर नसक्नेलाई सक्नेले सक्दो सहयोग गर्नु पनि त्यत्तिकै आवश्यक छ । हामीले पनि ब्यक्तीगत वा संस्थागत रुपमा सकेको सहयोग विभिन्न क्षेत्रमा विभिन्न माध्यमबाट गरिरहेका छौ । अहिले कोरोना विरुद्धको लडाई जित्न आफू बाँच्दै अरुलाई बचाउनुपर्ने खाँचो छ भने कोरोना पीडितलाई सबैले सक्दो सहयोग गर्नुपर्नेछ ।

मेरो कर्मथलो नेदरल्याण्ड पनि कोरोनाबाट अछुतो रहन भने सकेको छैन । यहाँ पनि हामीले एक नेपालीलाई कोरोनाको कारण गुमाउनु परेको छ । यो दुखद घडीमा सबैलाई धैर्य भई कोरोनाबाट बच्न आवश्यक सुरक्षा सावधानी अपनाउनु हुन अनुरोध गर्न चाहान्छु । यो रोगले कुनै उमेर समूह भन्दैन । जुनसुकै उमेर समूह अर्थात जोकोहीलाई पनि जतिखेर पनि ब्यक्ती ब्यक्तीको सम्पर्कबाट सर्ने भएकाले सबैलाई सुरक्षा सावधानी अपनाउन र कतीपनी हेलचेक्रयाई तथा लापरवाही नगरिदिन हुन आह्रवान गर्न चाहान्छु ।

अहिले विश्वभरि खटिरहनु भएका गैर आवासीय नेपाली विशेष गरि युवा वर्गहरुको उदाहरणीय कार्यको खुलेर प्रशंसा गर्न चाहान्छु । विश्वभरि गैर आवासीय नेपाली संघमार्फत हजारौ हजार युवाहरु दुख परेका साथीहरुलाई सहयोगमा जुटीरहनु भएको छ । म एनआएनए आइसिसी युवा संयोजकको नाताले सबै साथीहरुलाई उच्च मनोबल, अझ बढी उत्साह, जोश र जाँगर लिएर समस्यामा परेका नेपालीको सहयोगमा जुटनुहुन पनि अपिल गर्न चाहान्छु । यो बेला तपाई हाम्रो सानो सहयोग नि ठूलो हुन सक्ने अर्थात कसैको ज्यान जोगाउन सहयोगी पनि बन्न सक्छ भन्ने कुरा नभुली सक्नेले नसक्नेलाई सहयोगमा जुट्नुपर्ने खाँचो छ ।

अन्तमा विश्वभरि रहनु भएको गैर आवासीय नेपाली समुदायमा पहिला आफू बाँच्दै अरुलाई बचाउन सहयोग गर्नुहोला र आवश्यक सुरक्षा सावधानीमा विशेष ध्यान दिनुहोला भन्न चाहान्छु । धन्यवाद ।


प्रकाशित | १९ बैशाख २०७७, शुक्रबार १३:१०