बहराइनमा रहेका नेपालीको समस्या पहिचान गर्दै नेपाली राजदूतावास, फारम भरि सहयोग गरिदिन अपिल

बहराइन : बहराइनमा रहनुहुने नेपाली समुदायमा नेपाली राजदूतावासले फारम भरि सहयोग गरिदिन अपिल गरेको छ । कोभिड १९ को कारण समस्यामा परेका नेपालीको पहिचान गर्न नेपाली राजदूतावासले फारम भरिदिन बहराइनबासी नेपाली समुदायलाई अपिल गरेको हो ।

नेपाली राजदूतावासले एक बिज्ञप्ति जारी गर्दै बहराइनमा रहनुभएका सम्पूर्ण नेपालीहरूमा पर्न गएको समस्याहरू एकिकृत गरि सो समाधानार्थ सहजिकरण गर्ने प्रयास स्वरूप राजदूतावासले तयार गरेको फारम राजदूतावासको वेवसाइट वा  लिङ्क मार्फत भरिदिन भनेको हो ।

नेपाली राजदूतावासले भनेको छ, ‘सम्पूर्ण विवरण भरि सहयोग गरिदिनु हुन नेपाली राजदूतावास हार्दिक अनुरोध गर्दछ । साथै, उक्त विवरण भर्ने कार्यमा सहयोग गरिदिन बहराइनमा क्रियासिल सबै संघ संस्थाहरूलाई समेत विशेष अनुरोध गर्दछ ।’

बहराइनमा रहेका कुनै पनि नेपाली तथा संक्रमीत नागरिकको स्वास्थ्य र सुरक्षालाई ध्यान दिर्दै राजदूतावासले समस्या समाधानको लागि यहाँको सरकारका उच्च अधिकारीसँग पहल गरिरहेको र बहराईनका नागरिक सराह समान ब्यवहार गरेको समेत जनाएको छ ।

त्यस्तै, नेपाली राजदूतावासले खानको समस्या भएका ब्यक्तीहरुको पहिचान गर्दै विभिन्न नेपाली संघसंस्थासँग मिलेर तत्कालको लागि राहत उपलब्ध गराउँदै आएको बताउँदै राजदूतावासले समस्या पहिचानको लागि विवरण भरिदिन सबै संघसंस्थालाई समेत आग्रह गरेको हो ।

Image may contain: text


प्रकाशित | १८ बैशाख २०७७, बिहीबार १९:५१