कोरोना संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन प्रधानमन्त्रीको निर्देशन

काठमाडौं – प्रधानमन्त्री शेरबहादुर देउवाले नेपालमा कोरोनाको संक्रमण फैलन नदिन उच्च सतर्कता अपनाउन निर्देशन दिनु भएको छ । प्रधानमन्त्री देउवाले शुक्रबार बसेको कोभिड- १९ संकट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी) को बैठकमा राज्यका सम्पूर्ण निकायलाई उच्च सतर्कता अपनाउन निर्देशन दिनु भएको हो । नेपालमा शुक्रबार कोरोना संक्रमित ९६८ र ओमिक्रोन २४ जना पुष्टि भएको थियो ।

प्रधानमन्त्री देउवाले नागरिकको जीवन बचाउनु पहिलो प्राथमिकता हुने बताउँदै जीवन रक्षा गर्नका लागि आवश्यक हरेक प्रकारको तयारीमा लाग्न पनि निर्देशन दिनु भयो ।

साथै स्कूल, कलेजदेखि विभिन्न ठाउँमा खोप केन्द्र स्थापना गरेर खोप अभियान नै चलाउन स्वास्थ्य मन्त्रालयलाई निर्देशन दिनु भएको छ । प्रधानमन्त्रीले स्वास्थ्य सामग्रीदेखि अन्य आवश्यक सामग्रीको पनि पूर्वतयारी गर्नुपर्नेमा जोड दिनु भयो ।


प्रकाशित | २३ पुष २०७८, शुक्रबार २०:२९