झापाका ६२ वर्षीय बृद्धमा कोरोना संक्रमण, संक्रमीतको संख्या ४९ पुग्यो

काठमाडौं: नेपालमा कोरोना सक्रमीतको संख्या ४९ पुगेको छ । हालको अध्यावधिक विवरण अनुसार कोभिड १९ पुष्टी भएकाहरूको जम्मा संख्या ४९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीले जानकारी दिनुभयो ।

सह प्रवक्ता अधिकारीका अनुसार आज बी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा भएको परिक्षणमा झापा निवासी ६२ बर्षका एक पुरुषमा कोरोना संक्रमण देखिएको हो । हाल सम्म प्राप्त विवरण अनुसार ती पुरुष आइसोलेशनमा अस्पतालमा रहेको र स्वास्थ्य अवस्था सामान्य रहेको छ ।


प्रकाशित | १२ बैशाख २०७७, शुक्रबार २०:३६