एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन :प्रधानमन्त्री देउवा

काठमाडौं। प्रधानमन्त्री शेरबहादुर देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताउनुभएको छ ।

आज बिहान काँग्रेस नेता अर्जुननरसिंह केसीले लेखेको ‘नेपाली काँग्रेसको संक्षिप्त इतिहास’ नामक पुस्तक विमोचन समारोहलाई संक्षिप्त सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले एमसीसीको पक्षमा उभिन डराउन नहुने बताउनुभएको हो ।

उहाँले भन्नुभयो, ‘पास फेल के हुन्छ थाहा छैन । हामीले संसदीय दल र कार्य सम्पादन समितिबाट सर्वसम्मत रुपमा पास गर्ने निर्णय गरिसकेका छौं । त्यसका लागि मैले पहल गरिरहेको छु’ ‘एमसीसीको पक्षमा उभिन डराउनु हुँदैन । यो राष्ट्रको हितमा छ । हामी आफ्नो अडानमा उभिएर जानुपर्छ ।’


प्रकाशित | ५ फाल्गुन २०७८, बिहीबार १२:१५