एनआरएनए आइसिसी महिला संयोजकमा यसकारण मेरो उम्मेदवारी : प्रमिला बस्नेत, क्यानडा

काठमाडौं : गैर आवासीय नेपाली संघ (एनआरएनए ) आइसिसी महिला फोरम संयोजकमा क्यानडाबाट उम्मेदवारी घोषणा गरिसक्नु भएको प्रमिला बस्नेतले आफना पाँच बुँदे प्रतिबद्धता सार्वजनीक गर्नुभएको हो । बस्नेतले गैर आवासीय नेपाली संघलाई प्रवासमा बस्नेत महिला, युवा, , प्राज्ञ -विद्वान र ब्यबसायीहरुको साझा संस्था बनाउन प्रयन्त गर्न पहल गर्ने पहिलो बुँदामा उल्लेख गर्नुभएको छ ।

त्यस्तै, गैर आवासीय नेपाली संघलाई प्रबासमा बस्ने नेपालीहरुको र नेपालको समुन्नतिको अभियान अगाडी बढाउन, महिलाहरुको, युबाहरुको, प्राज्ञ(विद्वान र ब्यबसायीहरुको विशिष्टीकृत क्षमतालाई संथागत गराउने प्रयन्त गर्ने, प्रबासमा रहेका नेपाली महिलाहरुको बर्तमानको विविध क्षमतालाई गैर आवासीय नेपाली संघको संस्थागत माध्यमबाट नेपालका महिलाहरुको उत्थान गराउने प्रयन्त गर्ने प्रतिबद्धतामा उल्लेख गर्नुभएको छ ।

बस्नेतले सार्वजनीक गर्नुभएको प्रतिबद्धतामा भनीएको छ, ‘गैर आवासीय नेपाली संघलाई प्रबासमा बस्ने नेपालीहरुको आपसी सम्बन्ध सुत्र, एकता र समुन्नतको अझ मजबुद मध्यम बनाउने प्रयन्त गर्नेछु ।’ साथै गैर आवासीय नेपाली संघलाई अन्तर रास्ट्रिय स्तरमा आउँदा दिनमा दिगो संस्थागत विकास, बहुआयामिक र गतिशील बनाउन महिला हरुको पनि विशिष्ट योगदान हुन् सक्छ छ भन्ने प्रस्ट पार्ने प्रर्यत्नका लागि आफनो उम्मेदवारी भएको बताउनुभएको छ ।

महिला संयोजक उम्मेदवार बस्नेतले जारी गर्नुभएको घोषणापत्र जस्ताको तस्तै:

गैरआवासिय नेपाली संघको अन्तररास्ट्रिय महाअभियानलाई नेपाल वाहिर र नेपाल भित्रका नेपालीहरुको साझा प्रयासको रुपबाट नेपालको समृद्दिमा सदुपयोग हुनु पर्दछ । नेपालको सम्ब्रिदी नेपाली महिलाको सामाजिक स्तर माथि नउठी सम्भब छैन / त्यसै गरी गैर्ह आवासीय नेपाली संघलाई आउदा दिनमा दिगो संस्थागत विकास, बहुआयामिक र गतिशील बनाउन महिलाहरुको पनि अतिविशिष्ट योगदान अनिबार्य छ त्यसको लागि शसक्त महिला नेत्रित्वो आबश्यक छ / मेरो महिला संयोजकको उमेद्वारीको अपिलका पाँच आधार निम्न छन् :-

१  . गैर आवासीय नेपाली संघलाई प्रबासमा बस्ने महिलाहरुको, युबाहरुको, प्राज्ञ-विद्वान हरुको र ब्यबसायीहरुको साझा संस्था बनाउने प्रर्यत्न गर्न लागि,

. गैर आवासीय नेपाली संघलाई प्रबासमा बस्ने नेपालीहरुको र नेपालको समुन्नतिको अभियान अगाडी बढाउन, महिलाहरुको, युबाहरुको, प्राज्ञ-विद्वान र ब्यबसायीहरुको विशिष्टीकृत क्षमतालाई संथागत गराउने प्रर्यत्न गर्न लागि,

३. प्रबासमा रहेका नेपाली महिलाहरुको बर्तमानको बिबिध क्षमतालाई गैर्ह आवासीय नेपाली संघको संस्थागत माध्यमबाट नेपालका महिलाहरुको उत्थान गराउने प्रर्यत्न गर्न लागि,

. गैर आवासीय नेपाली संघलाई प्रबासमा बस्ने नेपालीहरुको आपसी सम्बन्ध सुत्र, एकता र समुन्नतको अझ मजबुद मध्यम बनाउने प्रर्यत्न गर्न लागि,

५ . गैर आवासीय नेपाली संघलाई अन्तर रास्ट्रिय स्तरमा आउदा दिनमा दिगो संस्थागत विकास, बहुआयामिक र गतिशील बनाउन महिला हरुको पनि विशिष्ट योगदान हुन् सक्छ छ भन्ने प्रस्ट पार्ने प्रर्यत्न गर्न लागि,

आगामी अक्टोवर काठमाडौँमा हुन गैरहेको एन आर एन ए विश्व सम्मेलन लाई भब्यताका साथ सम्पन्न गर्न सबैमा हार्दिक अपिल गरेकी छु / महिला संयोजक उमेद्वार मा प्रमिला बस्नेत तपाईहरुको अमूल्य सहयोग र एक्बध्धताको अपेक्क्षा गरेकी छु । धन्यावाद

जय गैरआवासिय नेपाली संघ अन्तररास्ट्रिय महाअभियान

प्रमिला बस्नेत
महिला संयोजक उम्मेदवार 

एनआरएनए आइसिसी


प्रकाशित | १९ भाद्र २०७६, बिहीबार २२:३१