सोलुखुम्बु सदरमुकाम बाह्र दिनदेखि अन्धकार

सोलुखुम्बु : सोलुखुम्बु सदरमुकाम बाह्र दिनदेखि अन्धकार बनेको छ । सदरमुकाम सल्लेरीसहित आसपासका क्षेत्र अन्धकार बनेको हो । बजार क्षेत्रमा विद्युत् वितरण गरेको सल्लेरी च्याल्सा विद्युत् कम्पनीको सेवा पूर्णरुपमा बन्द भएपछि सल्लेरीसहित आसपासका करीब एक हजार ८०० घरधुरी अन्धकार भएका हुन् । कम्पनीले वार्षिक मर्मत तथा सरसफाइ कार्यक्रमअन्तर्गत गत वैशाख २९ गतेदेखि यही जेठ ५ गतेसम्मका लागि आफ्नो सेवा पूर्णरुपमा बन्द गरेर काम गरिरहेको छ । जेठ ५ गते सम्पन्न गर्ने कार्यतालिका भए पनि आजसम्म मर्मत कार्य सकिएको छैन ।


प्रकाशित | ८ जेष्ठ २०७६, बुधबार १२:५९