एनआरएनए यूएईको सराहनीय कार्य :११ दिनदेखि राहत वितरण जारी, नेपाललाई १७५ पिपिई सहयोग

युएई : कोरोना महामारीको कारण समस्यामा परेका नेपालीलाई राहत वितरणमा एनआरएनए यूएईले आफनो बलियो उपस्थिति देखाएको छ । कोरोनाको कारण समस्यामा परेका नेपालीलाई सहयोग गर्न एनआरएनए यूएई पूरै टिमसहित ११ दिनदेखि खटिरहेको हो ।

एनआरएनएको स्वयंसेवक टिमले ११ औ दिन सम्म आईपुग्दा करिब १५ सय नेपालीलाई खाद्यान्न सहयोग गरिसकेको जनाएको छ
यूएईमा एनआरएनए मध्य पूर्व उपसंयोजक समेत रहनु भएको मनोज गोर्खालीसहित टिम स्वयंसेवक भएर राहत वितरणमा खटिरहनु भएको छ ।

एनआरएनए यूएईका अध्यक्ष प्रकाश कोइरालाका अनुसार अहिलेसम्म १५ सय भन्दा बढीलाई राहत वितरण गरिसकिएको छ । कोइरालाका अनुसार एनआरएनएको टिमले रोजगार गुमाएका , तलब नपाएका र खाद्यान्न सकिएर भोकै बस्न बाध्य भएका नेपालीहरुको आवास स्थलमै गएर चामल , दाल , तेल , तरकारी लगायतका खाद्य सामाग्री सहयोग गरिरहेको हो ।

स्थानीय प्रशासनबाट औपचारिक अनुमती लिएर एनआरएनए मध्यपूर्व उपसंयोजक मनोज गोर्खाली , एनसिसि युवा संयोजक मदन अधिकारी , एनसीसी सदस्य सुजन सापकोटा , रमेश गौतम , नेफिन युएईका टंक थापा मगर, नेपाल मगर संघ युएईकी सुनिता थापामगर , शेर्पा किदुंग युएईकी निमा ल्हमु शेर्पा , अमन थापा लगायतका नेपाली स्वयंसेवकहरु ४ वटा गाडी सहित परिचालीत भएको र टिमको नेतृत्व एनआरएनएका उपाध्यक्ष पासाङ शेर्पाले गर्नुभएको अध्यक्ष कोइरालाले जानकारी गराउनुभयो ।

Image may contain: 1 person, standing and outdoor

११ औ दिनसम्म आइपुग्दा पनि एनआरएनएले अध्यक्ष प्रकाश कोईरालाको संयोजकत्वमा यूएईका सातै राज्यमा संघका पदाधिकारी संयोजक रहने गरि क्षेत्रीय समिति परिचालन गरि राहत वितरणलाई तीब्रता दिइरहेको छ । एनआरएनए यूएईले ७ लाख नेपाली रुपैयाँ वरावरको कोष खडा गरि राहत वितरण थालेको थियो। अहिले उक्त कोषमा सहयोग बढ्ने क्रम जारी छ । साथै सहयोगी नेपाली मनहरु समेत बढ्दै जान थालेका छन् । यूएईमा करिव साढे तीन लाख नेपाली बसोबास गर्दै आएका छन् ।

एनआरएनए यूएईद्धारा नेपाललाई १७५ पिपिई हस्तान्तण

त्यस्तै, एनआरएनए यूएईले नेपालका विभिन्न हस्पिटलमा गरि १७५ पिपिई वितरण गरेको छ । अध्यक्ष कोइरालाका अनुसार युएईले भरतपुर हस्पिटल र सेती प्रादेशिक हस्पिटलमा २५/२५ पिपिई हस्तान्तरण गरेको हो ।

ती पिपिई सेती प्रादेशिक हस्पिटलमा, लम्की चुहा निवासी समाजसेवी लक्ष्मी प्रसाद कोइराला र माया मेट्रो हस्पिटल धनगढिका अध्यक्ष धिरेन्द्र सावादको सहयोगमा २५ पिपिइ सेट हस्तान्तरण गरिएको अध्यक्ष कोइरालाले जानकारी गराउनुभयो ।

उता भरतपुर हस्पिटलमा स्थापित कोरोना बिशेष हस्पिटलका लागि भरतपुर हस्पिटलका अध्यक्ष डा. भोजराज अधिकारीलाई समाजसेवी भरतपुर ७ बुद्ध चौक निवासी सुर्य ढकालमार्फत २५ सेट पिपिई हस्तान्तरण गरिएको हो ।


प्रकाशित | ८ बैशाख २०७७, सोमबार १६:५८