‘काले दाई’को ‘गीत रिलीज (भिडियो )

काठमाडौँ : फिल्म ‘काले दाई’ को ‘यो दुनियाँ मेरो लागि’ बोलको गीत रिलीज भएको छ । असोज १७ गते रिलिज हुने फिल्म ‘काले दाई’मा इन्द्र रामजाली, शिशिर भण्डारी, अनु पराजुली, सुरेन्द्र केसी, शारदा गिरी, उत्तम केसी, विष्णु सापकोटा, गीता अधिकारी, गोबिन्द श्रेष्ठ लगायतका कलाकारहरुको अभिनय छ ।

उक्त गीतमा नेपाल आइडलका प्रतिस्पर्धी सुरज थापाको स्वर, पवनवाङ लामाको संगीत रहेको छ भने यो गीतमा इन्द्र रामजाली र अनु पराजुलीको अभिनय रहेको छ । गीतमा इन्द्र र गोविन्द श्रेष्ठको शब्द छ रहेको छ भने शिव शर्माको निर्देशन रहेको छ ।


प्रकाशित | ७ आश्विन २०७६, मंगलवार १७:५६