नविल बैंक र नेपाल इन्स्योरेन्सबीच सम्झौता

काठमाडौं: नविल बैंक र नेपाल इन्स्योरेन्स कम्पनीबीच बिमा सेवा प्रदान गर्नेसम्बन्धी सहकार्यात्मक सम्झौता भएको छ । सम्झौतामा नविल बैंककातर्फबाट नीरज शर्मा र नेपाल इन्स्योरेन्सतर्फबाट प्रमुख कार्यकारी अधिकृत विजयबहादुर शाहले संयुक्त रूपमा हस्ताक्षर गर्नुभएको छ । सम्झौताअनुुसार नविल बैंकको कर्पोरेट तथा विभिन्न शाखा कार्यालयहरूबाट बैंकका ग्राहकहरूले नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले प्रदान गर्ने निर्जीवन बिमासम्बन्धी सेवा सुविधाहरू प्राप्त गर्न सक्नेछन् स्


प्रकाशित | १ जेष्ठ २०७६, बुधबार १७:०३