उर्लाबारी परिवार हङकङद्धारा नगरपालिका र बालगृहलाई दुई लाखभन्दा बढीको खाद्यान्न सहयोग

मोरङ (उर्लाबारी ) : उर्लाबारी परिवार हङकङले उर्लाबारीमा कोरोना प्रभावीतलाई दुई लाख भन्दा बढीको सहयोग उपलब्ध गराएको छ । कोरोनाको कारण समस्यामा परेका उर्लाबारीबासी तथा बालबालीकालाई मध्यनजर गर्दै २ लाख भन्दा बढीको खाद्यान्न सहयोग गरेको हो ।

उर्लाबारी परिवार हङकङले उर्लाबारी नमूना बालगृहलाई १ लाख २ हजार ९ सय ८५ वरावरको खाद्यन्न सहयोग गरेको हो । उर्लाबारी परिवार हङकङको तर्फबाट प्रतिनिधि अनु राई ( एनआएनए हङकङ महिला फोरम संयोजक ), पूर्ण र्वाइवा, देवी घिसिङले सो सहयोग बालगृहकी संस्थापक अध्यक्ष मिना बराललाई हस्तान्तरण गर्नुभएको हो ।

बालगृहकी संस्थापक अध्यक्ष मिना बरालले कोरोनाको कारण बालबालीकालाई निकै समस्या परेको अवस्थामा सहयोग उपलब्ध गराएकोमा उर्लाबारी परिवार हङकङलाई धन्यवाद ज्ञापन गर्नुभयो ।

त्यस्तैगरि, परिवारले कोेरोनाको कारण नगरबासीलाई परेको समस्यालाई मध्यनजर गर्दै उर्लाबारी नगरपालिकालाई १ लाख २० हजार ५ सय वरावरको खाद्यान्न सहयोग गरेको छ । परिवारको तर्फबाट प्रतिनिधि तथा एनआरएनए हङकङ महिला फोरम संयोजक अनु राईले नगरपालिकाका मेयर खड्ग बहादुर फागोलाई खाद्यान्न सहयोग हस्तान्तरण गर्नुभएको हो ।

Image may contain: 1 person, standing

सो अवसरमा मेयर फागोले नगबासीलाई कुनै पनि समस्या आउँन नदिएको र कोरोना नियन्त्रण तथा रोकथामा नगरपालिकाले हदैसम्मको उपाय अबलम्बन गरिरहेको जानकारी गराउनुभयो । साथै पवासमा बसेर पनि आफनो मातृभूमी विशेष गरि आफू जन्मेको ठाउँलाई मध्यनजर गर्दै सहयोग गर्नुभएकोमा उर्लाबारी परिवार हङकङप्रति आभार ब्यक्त गर्नुहुँदै आगामी दिनमा पनि आपसी सहयोग र सहकार्यको खाँचो औल्याउनुभयो ।

Image may contain: one or more people

उर्लाबारी परिवार हङकङ अध्यक्ष रञ्जित कार्कीले परिवारले नगरभित्र विभिन्न सामाजीक कार्य गर्दै आएकोमा अहिले कोरोनाको कारण समस्यामा पर्नुभएको नगरबासीलाई सहयोग पुगोस भन्ने उद्देश्यले राहत उपलब्ध गराइएको बताउनुभयो । परिवारले भूकम्पमा होस वा अन्य विपत्तिमा नगरभित्र समस्यामा परेका हरेक ब्यक्तीलाई सहयोग गर्दै आएको छ ।

उर्लाबारी परिवार हङकङले नगरमा हरेक क्षेत्रमा योगदान गर्दै आएको छ । साथै नगरभित्र हरेक वर्ष प्रवेशीका परीक्षामा उत्कृष्ठ छात्र र छात्रालाई १५/१५ हजारको दरले छात्राबृद्धि समेत प्रदान गर्दै आएको छ । लगनशील र अध्ययनशील विद्यार्थीको अध्ययनमा सहयोग पुगोस भनेर परिवारले सो छात्राबृद्धि प्रदान गर्दै आएको हो । परिवारले स्वर्गीय शिक्षक दिलीप राईको नाममा ४ लाख ६२ हजारको अक्षयकोष खडा गर्दै सो छात्राबृति प्रदान गर्दै आएको हो ।

Image may contain: 12 people, people standing and outdoor

त्यस्तै, एनआरएनए हङकङ महिला फोरम संयोजक अनु राई, पुष्पा योञ्जङ (यूके ) र कुसुम योञ्जङ (काठमाडौ ) ले संयुक्त रुपमा उर्लाबारी नगरपालिकालाई ३० हजार बरावरको खाद्यन्न सहयोग गर्नुभएको छ । सो सहयोग नगरपालिकालाई यसअघि नै हस्तान्तरण गरिसकिएको हो ।


प्रकाशित | ८ बैशाख २०७७, सोमबार १६:१२