कोपा अमेरिका कप र मेसीको भाग्य

एजेन्सी:बार्सिलोनाका ३१ वर्षीय मेस्सी अब एक महिनापछि हुने कोपा अमेरिका फुटबल खेल्न अर्जेन्टिनी टोलीमा फर्किंदैछन् । मेस्सीलाई २०१९ को बालोन डि‘ओर जिताउने–नजिताउनेमध्येको सबैभन्दा प्रमुख आधार अब यही प्रतियोगिता हो ।

राष्ट्रिय टिमलाई उपाधि जिताउन नसकेको भन्दै चर्को आरोप खेप्दै आइरहेका मेस्सी सन् २०१८ को रसिया विश्वकपपछि केही समयअघि मात्रै राष्ट्रिय टिममा फर्किएका थिए । तर, उनी ९ महिनापछि टिममा फर्किएको खेलमा अर्जेन्टिनाले भेनेज्वेलासँग लज्जास्पद हार भोग्यो । सो खेलमा मेस्सीको प्रदर्शन खराब रह्यो । मेस्सी घाइते भएर दोस्रो खेल खेलेका थिएनन् ।

अब एक महिनापछि अर्जेन्टिनाले कोपा अमेरिका खेल्दा मेस्सीको प्रदर्शन कस्तो हुन्छ र उनको टिमले उपाधि जित्न सक्छ कि सक्दैन । यो कुराले मेस्सीले बालोन डि‘ओर जित्ने–नजित्ने कुरालाई अधिकतम् निर्भर गर्नेछ ।

यदि सो प्रतियोगितामा मेस्सीको प्रदर्शन उच्च रह्यो र अर्जेन्टिनाले उपाधि जितेको खण्डमा बार्सिलोना च्याम्पियन्स लिगबाट आउट भए पनि मेस्सी बालोन डि‘ओर अवार्डको प्रमुख दाबेदार बन्नेमा दुईमत रहँदैन ।यदि अर्जेन्टिनाले दक्षिण अमेरिकी क्षेत्रको यो सबैभन्दा ठूलो उपाधि जित्न नसके मेस्सीबाट बालोन डि‘ओर धरै टाढा जानेछ ।


प्रकाशित | ३० बैशाख २०७६, सोमबार १२:०६