राष्ट्रिय प्रत्यारोपण केन्द्रले भन्यो-कुनै पनि कर्मचारीलाई कोरोना संक्रमण भएको छैन

काठमाडौं:  भक्तपुरस्थित सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्रले आफ्नो अस्पतालमा कार्यरत कुनै पनि कर्मचारीलाई कोरोना भाइरसको संक्रमण नभएको प्रष्ट पारेको छ। केन्द्रले बुधबार प्रेस विज्ञप्ति जारी गर्दै केन्द्रमा कार्यरत कुनै पनि कर्मचारीलाई कोरोना संक्रमण भएको कहीँ कतैबाट पुष्टि नभएको जानकारी दिएको हो।

केन्द्रले अस्पतालमा कार्यरत एक जना नर्स कोरोना संक्रमण देखिएकी एक जना युवतीको सम्पर्कमा आएको र २६ गतेदेखि अस्पतालमा उपस्थित नभएको जानकारी पनि विज्ञप्ति मार्फत दिएको छ।

‘यस केन्द्रमा कार्यरत स्टाफ नर्सलाई कोरोना पोजेटिभ भएको भनी आएका समाचारमा कुनै पनि सत्यता छैन,’ अस्पतालद्वारा जारी विज्ञप्तिमा भनिएको छ, ‘कोरोना संक्रमित भनिएकी एक जनाको सम्पर्कमा उहाँ आएको र त्यसपश्चात सुरक्षित क्वोरन्टाइनमा रहेको र वैशाख २६ गतेबाट केन्द्रमा उपस्थित नभएको जानकारीका लागि अनुरोध छ।’


प्रकाशित | ३१ बैशाख २०७७, बुधबार १३:१५