एनआरएनए कोरियाद्धारा राजदूतावासलाई ४ हजार कोरोना परीक्षण गर्ने किट हस्तान्तरण

काठमाडौं : कोरियामा बस्ने नेपालीद्धारा संकलीत रकमबाट गैर आवासीय नेपाली संघ कोरियाले पहिलो चरणमा विभिन्न स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ । एनआरएनए कोरियाले नेपाली राजदुतावास सौलमा एक कार्यक्रमकाबीच स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको हो ।

ती स्वास्थ्य सामाग्री एनआरएनए कोरियाका अध्यक्ष यज्ञ राज सुवेदीले औपचारिक रुपमा दक्षिण कोरियाका कार्यवाहक नेपाली राजदुत रामसिंह थापालाई हस्तान्तरण गर्नुभएको हो ।

एनआरएनए कोरियाको संयोजकत्वमा कोरियामा रहेका बिभिन्न संघ संस्था, नेपाली दाजुभाई तथा दिदीबहिनीहरुको सहयोगमा एक व्यक्ति एक किट्स अभियान अन्तर्गत ती सामान हस्तान्तरण गरिएको हो ।

पहिलो चरणमा दक्षिण कोरियाबाट ४ हजार कोरोना परिक्षण किट्स, ४ हजार आरएनए परिक्षण किट्स, ५ सय हाई सेनसिटिभ कोभिड किट्स (एचपिपिई सिट्स ) हस्तान्तरण गरिएको एनआरएनए अध्यक्ष सुवेदीले जानकारी दिनुभयो ।

सुवेदीका अनुसार भोली विहान ११:२५ मा कोरियाबाट कोरियन एअरलाइन्सको विशेष चाटरण बिमान मार्फत नेपाल समय अनुसार दिवा ३:३० बजे काठमाडौं पुग्ने गरी आज कोरियन एअर लाई हस्तान्तरण गरिएको हो ।

साथै, दोस्रो र अन्तिम चरणको सहयोग चीनबाट नेपाल जाने सामाग्री नेपाल सरकारबाट हुने चाटरण विमानको अभावमा ग्वाङझाउ स्थित नेपाली नियोगमा रहेको र अनुकूलता अनुसार नेपाल पठाईने समेत अध्यक्ष सुदेवीले जानकारी गराउनुभयो ।


प्रकाशित | २७ चैत्र २०७६, बिहीबार २१:३३