भक्तपुरमा कांग्रेसका भँडेल विजयी, कसको कती मत ?

भक्तपुर : भक्तपुर क्षेत्र नं. १ (क) को प्रदेश सभाको उपनिर्वचनमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका उम्मेदवार कृष्णलाल भँडेल विजयी हुनुभएको छ । मत परिणाम अनुसार भँडेलले १३ हजार ४ सय ४८ मत प्राप्त गरी विजयी हुनुभएको हो ।

त्यस्तै उहाँका निकटतम प्रतिस्पर्धी सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का उम्मेदवार देवी प्रसाद ढकालले ११ हजार १ सय ९७ मत मात्र प्राप्त गर्नुभयो ।

नेपाल मजदुर किसान पार्टी (नेमकिपा) का उम्मेदवार निरज लवजुले ५ हजार ८ सय २९ मत प्राप्त गर्नुभएको छ । उक्त स्थानमा तत्कालीन नेकपा एमालेका तर्फबाट हरिशरण लामिछाने विजयी हुनुभएको थियो ।लामिछानेको निधन भएसँगै उपनिर्वाचन गरिएको हो ।


प्रकाशित | १५ मंसिर २०७६, आईतवार १६:५९