रुपन्देहीमा एक जनाको हत्या : पाँच जना पकाउ

रुपन्देही :  रुपन्देहीमा एकजना युवाको हत्या भएको छ । जिल्लाको देवदह–८ विशालनगरका २८ वर्षीय सुमन थापाको हत्या भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार निधार र छातिमा लागेको चोटसहित बेहोस अवस्थामा भेटिएका थापाको देवदह मेडिकल कलेजमा ज्यान गएको हो । घटनामा संलग्न भएको आरोपमा प्रहरीले रुपन्देही देवदह–८ बस्ने २० वर्षीय रमेश थारु , २४ वर्षीय लक्षण थारु, १९ वर्षीय सुवास क्षेत्री, २३ वर्षीय हिराबहादुर महतो, २४ वर्षीय रेखबहादुर महतोलाई पक्राउ गरेको छ । थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।


प्रकाशित | २६ जेष्ठ २०७६, आईतवार १२:५४